फिल्म ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक

फिल्म ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक : Icon Khabar

काठमाडौं, पुस ९ । नेपालको चर्चित फिल्म शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । आगामी फागुन २३ गते रिलिज हुने यस फिल्मको पोस्टरमा सबै प्रमुख कलाकारहरूलाई स्थान दिइएको छ ।

यसअघि फिल्म पहिलो झलक देखिने गरी चार मुख्य अभिनेताहरू आशिष घिमिरे, पारस बम (कुलब्वाई), रिहान गिरि, र पदम तामाङलाई रमाइलो मुद्रामा राखी पोस्टर सार्वजनिक गरिएको थियो । नयाँ पोस्टरमा भने यी कलाकारहरूसहित अभिनेत्रीहरू सिम्रन पन्त, हेना नगरकोटी, र समा पराजुलीलाई राखिएको छ । राकेश दाहालले पोस्टर डिजाइन गरेका हुन् ।

‘होस्टेल ३’ ले क्याम्पस जीवनका सङ्घर्ष, मित्रता, र रमाइलो क्षणहरूको कथा समेट्ने अपेक्षा गरिएको छ । यो फिल्म नेपाल रिलिज मितिमा नै अन्य विभिन्न देशहरूमा पनि प्रदर्शनमा आउने तयारी छ ।

फिल्मको निर्देशन सशान कँडेलले गरेका हुन् भने स्क्रिप्ट माधव शर्माले लेखेका छन् । कथा निर्देशक कँडेलकै हो । फिल्म सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गरेको हो । निर्माताहरू सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी तथा कार्यकारी निर्माता शङ्कर कोइराला हुन् । सहनिर्माताहरू शिशिर ज्ञवाली, कुन्दन गुप्ता र अनिस सिग्देल तथा लाइन प्रोड्युसर कोसिसराज क्षेत्री हुन् । यसमा उमर खान, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष् पुरुषलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।

अर्जुन तिवारी डिओपी, बुद्ध थापा र मनोज खत्री सिनेमाटोग्राफर, सुदिप कुँवर मुख्य सहायक निर्देशक, यम प्रसाद ओली प्रोडक्सन डिजाइनर हुन् । सङ्गीतकारहरू अर्जुन पोखरेल, अलमोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकलको रहेको छ । विकास दाहालको सम्पादन, प्रवीण सिंह र रोशन विश्वकर्माको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ । नेपाल वितरक आरआर फिल्म्स र काफिया फिल्म्स हुन् ।

‘होस्टेल ३’ यसअघि प्रदर्शन गरिएका ‘होस्टेल’ र ‘होस्टेल रिटर्न्स’ को सफलतापछि निर्माण गरिएको हो । यसले युवा पुस्तामाझ राम्रो चर्चा पाउने अपेक्षा गरिएको छ । यो शृङ्खलालाई नयाँ प्रतिभाको उद्गमस्थलको रूपमा लिइन्छ ।

Published Date: 09 January 2025


ताजा
नेपालको तराई नजिक मनसुनको न्यून चापीय रेखा, आज देशभर कस्तो रहनेछ मौसम?
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु