एसीसी यू–१९ महिला एसिया कप : आज नेपाल र भारत भिड्दै

एसीसी यू–१९ महिला एसिया कप : आज नेपाल र भारत भिड्दै : Icon Khabar

काठमाडौं, पुस २ । एसीसी यू–१९ महिला एसिया कप क्रिकेटमा नेपाल र भारत आज (मंगलबार) आमनेसामने हुँदैछन् । एक खेल अगावै सुपर फोरमा प्रवेश गरेको नेपाल र भारत आमनेसामने हुन लागेका हुन् ।

खेल मलेसियाको वायुमास ओभलमा बिहान पौन १२ बजे सुरु हुनेछ । सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानको अन्डर १९ टिमलाई ६ विकेटले पराजित गर्दै सुपर फोरमा स्थान सुरक्षित गरेको हो ।

नेपालको जितमा कप्तान पूजा महतोले सानदार अलराउन्ड प्रदर्शन गरिन् । नेपाली युवा टोलीले पाकिस्तानसँगको पहिलो भेटमै उसलाई स्तब्ध पारेको हो । पाकिस्तान लगातार दोस्रो हारका साथ प्रतियोगिताबाट बाहिरिएको छ । पाकिस्तान पहिलो खेलमा भारतसँग पराजित भएको थियो ।

Published Date: 17 December 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने