आज अमेरिकी डलरको बिक्रीदर १३६ रुपैयाँ ०९ पैसा कायम

आज अमेरिकी डलरको बिक्रीदर १३६ रुपैयाँ ०९ पैसा कायम : Icon Khabar

काठमाडौं, पुस २ । पछिल्लो समय अमेरिकी डलरको भाउले दिनहुँ जस्तै नयाँनयाँ रेकर्ड कायम गरेको छ । यसैबीच आज पुस २ गते मंगलबार पनि नयाँ उचाई चुमेको छ । नेपाल राष्ट्र बैंकका अनुसार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३६ रुपैयाँ ०९ पैसा कायम भएको छ । यस्तै, खरिददर १३५ रुपैयाँ ४९ पैसा छ ।

यो अहिलेसम्मकै उच्च भाउ हो । यसअघि मंसिर २६ गते बुधबार १ अमेरिकी डलरको भाउ १३६ रुपैयाँ ०७ पैसा र मंसिर २८ गते शुक्रबार १ अमेरिकी डलरको भाउ १३६ रुपैयाँ ०८ पैसा पुगेर रेकर्ड बनाएको थियो ।

पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ (भारु) पनि निरन्तर कमजोर बन्दै गएको छ । भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा नेपाललाई समग्रमा घाटा बढी पर्छ ।
आयात महँगो पर्छ भने वैदेशिक ऋणको लागत पनि बढ्छ । तर विदेशबाट रेमिटेन्स पठाउनेलाई भने फाइदा हुन्छ । डलर बलियो हुँदा भारु र नेरु दुवै कमजोर बनेका छन् । भारुसँग नेरुको स्थिर विनिमयदर छ ।

राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४२ रुपैयाँ ७६ पैसा रहेको छ भने खरिददर १४२ रुपैयाँ १३ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७२ रुपैयाँ १६ पैसा र खरिद दर १७१ रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८६ रुपैयाँ ०८ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४६ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९५ रुपैयाँ १४ पैसा र बिक्रीमा ९५ रुपैयाँ ५६ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ १७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Published Date: 17 December 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने