आज अमेरिकी डलरको बिक्रीदर १३६ रुपैयाँ ०९ पैसा कायम

आज अमेरिकी डलरको बिक्रीदर १३६ रुपैयाँ ०९ पैसा कायम : Icon Khabar

काठमाडौं, पुस २ । पछिल्लो समय अमेरिकी डलरको भाउले दिनहुँ जस्तै नयाँनयाँ रेकर्ड कायम गरेको छ । यसैबीच आज पुस २ गते मंगलबार पनि नयाँ उचाई चुमेको छ । नेपाल राष्ट्र बैंकका अनुसार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३६ रुपैयाँ ०९ पैसा कायम भएको छ । यस्तै, खरिददर १३५ रुपैयाँ ४९ पैसा छ ।

यो अहिलेसम्मकै उच्च भाउ हो । यसअघि मंसिर २६ गते बुधबार १ अमेरिकी डलरको भाउ १३६ रुपैयाँ ०७ पैसा र मंसिर २८ गते शुक्रबार १ अमेरिकी डलरको भाउ १३६ रुपैयाँ ०८ पैसा पुगेर रेकर्ड बनाएको थियो ।

पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ (भारु) पनि निरन्तर कमजोर बन्दै गएको छ । भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा नेपाललाई समग्रमा घाटा बढी पर्छ ।
आयात महँगो पर्छ भने वैदेशिक ऋणको लागत पनि बढ्छ । तर विदेशबाट रेमिटेन्स पठाउनेलाई भने फाइदा हुन्छ । डलर बलियो हुँदा भारु र नेरु दुवै कमजोर बनेका छन् । भारुसँग नेरुको स्थिर विनिमयदर छ ।

राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४२ रुपैयाँ ७६ पैसा रहेको छ भने खरिददर १४२ रुपैयाँ १३ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७२ रुपैयाँ १६ पैसा र खरिद दर १७१ रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८६ रुपैयाँ ०८ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४६ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९५ रुपैयाँ १४ पैसा र बिक्रीमा ९५ रुपैयाँ ५६ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ १७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Published Date: 17 December 2024
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय