भारतले सन् २०२६ जुनदेखि स्थानीयरूपमा निर्मित सौर्य मोड्युलहरु मात्र प्रयोग गर्ने

भारतले सन् २०२६ जुनदेखि स्थानीयरूपमा निर्मित सौर्य मोड्युलहरु मात्र प्रयोग गर्ने : Icon Khabar

नयाँदिल्ली, मंसिर २५ । चिनियाँ आयात घटाउने उद्देश्यले सरकारी आदेशअनुसार भारतीय स्वच्छ ऊर्जा कम्पनीहरूले सन् २०२६ जुनदेखि स्थानीयरूपमा निर्मित सौर्य मोड्युलहरु मात्र प्रयोग गर्न सक्नेछन् ।

रिलायन्स इन्टरप्राइजेज र टाटा पावरको उद्यमसहित भारतका स्वच्छ ऊर्जा क्षेत्रका नेताहरू आफ्ना प्रमुख आपूर्तिकर्ताका रूपमा चिनियाँ विक्रेताहरूमा निर्भर छन् । उद्योगको अनुमानअनुसार भारतको सौर्य ऊर्जा उत्पादन क्षमताको ७० प्रतिशत चिनियाँ उपकरणबाट सञ्चालित छ ।

भारतीय कम्पनीहरूले पहिले नै सरकारी परियोजनाहरूमा स्थानीयरुपमा निर्मित सौर्य प्यानलहरू प्रयोग गर्न कानुनद्वारा अनिवार्य गरिएको छ । नयाँ नियमले प्रकाश ऊर्जालाई विद्युतमा परिवर्तन गर्ने स्थानीयरुपमा निर्मित फोटोभोल्टिक सेलबाट बनेका मोड्युलहरु मात्र प्रयोग गर्न सक्नेछन् ।

सोमबारको आदेशपछि बोलीको समयसीमा भएका परियोजनाहरूमा प्रयोग गर्न सकिन्छ । “यो सर्त कार्यान्वयनको मिति जस्तोसुकै भए पनि पालन गर्नुपर्नेछ”, भारतको नवीकरणीय ऊर्जा मन्त्रालयले जारी गरेको आदेशमा भनिएको छ । देशमा सौर्य सेलहरूको स्थापित क्षमता मागभन्दा कम भएकाले सरकारले अझै सौर्य सेलका स्वीकृत निर्माताहरूको सूची जारी गरेको छैन ।

तर आदेशमा ‘देशमा सौर्य सेलहरूको स्थापित क्षमता अर्को वर्षमा उल्लेखनीयरुपमा बढ्ने अपेक्षा गरिएको छ, स्वीकृत निर्माताहरूको सूची अब जारी गरिनेछ’ भनिएको छ । हालैका वर्षहरूमा भारतको सौर्य उपकरण निर्माण क्षेत्रले तीव्र गतिमा प्रगति गरेको छ ।

बेङ्गलुरुस्थित परामर्श फर्म मर्कम इन्डियाको एक प्रतिवेदनले सन् २०२५ को अन्त्यसम्ममा देशको सौर्य प्यानलको उत्पादन ९५ गिगावाट पुग्ने अनुमान गरेको छ । भारतले २०२४ को पहिलो छ महिनामा १३.३ गिगावाट सौर उपकरण निर्माण क्षमता थपेको छ । – रासस/एएफपी

Published Date: 11 December 2024








ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख ६ गते आइतबार
विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र विद्यार्थीले ट्रान्सक्रिप्ट पाउने
बोतल र जारको पानीको मूल्य बढ्यो, ४० प्रतिशतसम्म मूल्यवृद्धि
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै एनओसी लिन सकिने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ