एम्बुलेन्समार्फत लागु औषध तस्करी गरेको आरोपमा एक जना प्रहरी नियन्त्रणमा

एम्बुलेन्समार्फत लागु औषध तस्करी गरेको आरोपमा एक जना प्रहरी नियन्त्रणमा : Icon Khabar

काठमाडौं, मंसिर २४ । एम्बुलेन्समार्फत् लागु औषध तस्करी गरेको आरोपमा प्रहरीले एम्बुलेन्ससहित एक जनालाई नियन्त्रणमा लिएको छ।

धनुषाको धनुषाधाम नगरपालिका–६ हरिपुरका ४४ वर्षीय सुरेश मिझारलाई लागु औषधसहित पक्राउ गरिएको भन्दै प्रहरीले सार्वजनिक गरको छ। झ १ च १९८० नम्बरको एम्बुलेन्समा लागु औषध ओसारपसार गरेको प्रहरीको भनाइ छ।

मंसिर २० गते राति ९ बजेतिर रोशी गाउँपालिका–९ स्थित इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले जाँच गर्दा एम्बुलेन्समा लागु औषध भेटेको थियो ।

बर्दिबासबाट काठमाडौं आउँदै गरेको उक्त एम्बुलेन्समा विभिन्न औषधीजन्य लागु औषधहरू ओसारिएको थियो । उक्त एम्बुलेन्सबाट ३ हजार एम्पुल लागु औषध बरामद गरिएको प्रहरीले जनाएको छ ।

Published Date: 09 December 2024


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने