एम्बुलेन्समार्फत लागु औषध तस्करी गरेको आरोपमा एक जना प्रहरी नियन्त्रणमा

एम्बुलेन्समार्फत लागु औषध तस्करी गरेको आरोपमा एक जना प्रहरी नियन्त्रणमा : Icon Khabar

काठमाडौं, मंसिर २४ । एम्बुलेन्समार्फत् लागु औषध तस्करी गरेको आरोपमा प्रहरीले एम्बुलेन्ससहित एक जनालाई नियन्त्रणमा लिएको छ।

धनुषाको धनुषाधाम नगरपालिका–६ हरिपुरका ४४ वर्षीय सुरेश मिझारलाई लागु औषधसहित पक्राउ गरिएको भन्दै प्रहरीले सार्वजनिक गरको छ। झ १ च १९८० नम्बरको एम्बुलेन्समा लागु औषध ओसारपसार गरेको प्रहरीको भनाइ छ।

मंसिर २० गते राति ९ बजेतिर रोशी गाउँपालिका–९ स्थित इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले जाँच गर्दा एम्बुलेन्समा लागु औषध भेटेको थियो ।

बर्दिबासबाट काठमाडौं आउँदै गरेको उक्त एम्बुलेन्समा विभिन्न औषधीजन्य लागु औषधहरू ओसारिएको थियो । उक्त एम्बुलेन्सबाट ३ हजार एम्पुल लागु औषध बरामद गरिएको प्रहरीले जनाएको छ ।

Published Date: 09 December 2024
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय