सरकार भ्रष्टाचारविरुद्धको कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्ने तयारीमा छ: उपप्रधानमन्त्री सिंह

सरकार भ्रष्टाचारविरुद्धको कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्ने तयारीमा छ: उपप्रधानमन्त्री सिंह : Icon Khabar

काठमाडौँ, मंसिर २४ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले भ्रष्टाचारविरुद्धको दोस्रो राष्ट्रिय रणनीति तथा कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्ने तयारी गरिरहेको बताएका छन् ।

सोमबार काठमाडौँमा अन्तरराष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि कार्यान्वयन गर्ने सम्बन्धी रणनीति तथा कार्ययोजना २०६९ को कार्यान्वयन तयारी भइरहेको बताएका हुन् ।

उनले दोस्रो राष्ट्रिय रणनीति तथा कार्ययोजना निर्माणको चरणमा रहेको बताए । उनले भने, ‘भ्रष्टाचारलाई सरकारी सार्वजनिक, नीति क्षेत्र र नागरिक समाजसँग सहकार्य र सहयोगमा निवारण गर्ने लगायतका विषयलाई सम्बोधन गर्ने र भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धि कार्यान्वयन गर्ने सम्बन्धी रणनीति तथा कार्ययोजना २०६९ को कार्यान्वयनको समीक्षा गरी राज्यको विद्यमान संरचना अनुरुप भ्रष्टाचार रोकथामका लागि तीन तहका सरकारको भूमिकालाई समेत स्पष्ट गर्न सरकारले भ्रष्टाचार विरुद्धको दोस्रो राष्ट्रिय रणनीति तथा कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्ने तयारी गरिरहेको छ ।’

यस्तै, उनले भ्रष्टाचारविरुद्ध लड्न र सभ्य समाज निर्माण गर्ने कार्यमा सबै जिम्मेवार संयन्त्र, निकाय र प्रदाधिकारीहरूले आफ्नो दायित्वलाई जिम्मेवारीका साथ निर्वाह गर्न प्रतिबद्ध रहनुपर्ने बताए ।

उनले भने, ‘भ्रष्टाचार निवारणका लागि विभिन्न कार्यहरू गर्न, भ्रष्टाचारविरुद्ध लड्न, जनचेतना अभिवृद्धि गर्नेलगायतका कार्यक्रमको सन्दर्भमा भ्रष्टाचारविरुद्धको दिवस महत्त्वपूर्ण छ । भ्रष्टाचारविरुद्ध लड्न र सभ्य समाज निर्माण गर्ने कार्यमा सबै जिम्मेवार संयन्त्र, निकाय र प्रदाधिकारीहरूले गम्भीरतापूर्वक आफ्नो दायित्वलाई जिम्मेवारीका साथ निर्वाह गर्न प्रतिबद्ध रहनुपर्ने छ ।’

यसका साथै, भ्रष्टाचारले प्रजातान्त्रिक संस्थाहरूलाई कमजोर पार्ने काम गर्ने भन्दै यस प्रकारका समस्या समाधान गर्नको लागि साझा प्रयासका रूपमा संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूले भ्रष्टाचारविरुद्धको महासन्धि पारित गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको पनि उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 December 2024
Website | + posts