चितवन राइनोजले निकाल्यो नेपाल प्रिमियर लिग (एनपीएल) मा तेस्रो जित

चितवन राइनोजले निकाल्यो नेपाल प्रिमियर लिग (एनपीएल) मा तेस्रो जित : Icon Khabar

काठमाडौँ, मंसिर २३ । बलियो टोली सुदूरपश्चिम रोयल्सलाई हराउँदै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा तेस्रो जित निकालेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार भएको खेलमा चितवनले सुदूरपश्चिमलाई ३३ रनले हरायो । चार खेलमा चितवनको यो तेस्राे जित हो । सुदूरपश्चिमले चार खेलमा पहिलो हार खेपेको छ ।

जितका लागि एक सय ६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा एक सय ३१ रन बनायो ।

सुदूरपश्चिमका लागि ईशान पाण्डेले सर्वाधिक ३५ रन बनाए। यस्तै ओपनर सईफ जैवले १८, स्कट कुग्लेजिनले १६, ब्रान्डन म्याकमुलेनले १३, दिलप्रित बाजवाले १२, विनोद भण्डारी र नरेन साउदले १०/१० रन बनाए।

बलिङमा चितवनका कुशल मल्ल, जान निकोल, अमर रौटेला र रिजन ढकालले दुई दुई विकेट लिनुभयो । रन्जित कुमार र सोहिल तन्विरले एक एक विकेट झारे।

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ६४ रन बनाएको थियो । चितवनका लागि ओपनर हसन इसाखिलले ६५ रनको अर्धशतकीय इनिङ्स खेले।

उहाँले ५२ बलमा ६ चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाउएका हुन्। यस्तै रवि बोपराले ३६, विपिन रवालले १७ र कप्तान कुशल मल्लले १३ रन बनाए।

बलिङमा सुदूरपश्चिमका स्कट कुग्लेजिनले दुई तथा ब्रान्डन म्याकमुलेन, सईफ जैवले र कप्तान दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए।

चार खेलमा पहिलो हार खेपेको सुदूरपश्चिमको ६ अङ्क छ । समान खेलमा तेस्रो जित निकालेको चितवनले पनि ६ अङ्क बनाएको छ ।

हारे पनि सुदूरपश्चिम दोस्रो स्थानमा यथावत् छ । चितवन तेस्रो स्थानमा छ । शीर्षस्थानमा रहेको अपराजित जनकपुरको आठ अङ्क छ ।

Published Date: 08 December 2024


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने