भारतलाई हराउँदै बङ्गलादेशले जित्यो यु–१९ एशिया कपको उपाधि

भारतलाई हराउँदै बङ्गलादेशले जित्यो यु–१९ एशिया कपको उपाधि : Icon Khabar

काठमाडौँ, मंसिर २३ । आठ पटकको च्याम्पियन भारत यु १९ टोलीलाई पराजित गरि बंगलादेशको यु १९ टोलीले लगातार दोस्रो पटक यु १९ एसिया कप जितेको छ ।

युएईमा ११औं संस्करणको यु १९ एसिया कपको फाइनलमा भारतलाई ५९ रनले पराजित गर्दै बंगलादेश दोस्रो पटक च्याम्पियन भएको हो । बंगलादेश यसअघि २०२३ मा युएईमा नै भएको यु १९ एसिया कपमा घरेलु टोलीलाई पराजित गर्दै च्याम्पियन भएको थियो ।

बंगलादेशले दिएको १ सय ९९ रनको सामान्य लक्ष्य पछ्याएको भारतले ३५.२ ओभरमा अल आउट हुदै १ सय ३९ रन मात्र बनायो ।

भारतका लागि कप्तान मोहम्मद अमानले सर्वाधिक ३६ रन जोडे । हार्दिक राज २४, केपि कार्तिक्य २१, आन्द्र सिद्धार्थ २० तथा चेतन शर्मा १० रनमा आउट भए । बंगलादेश यु १९ का लागि अजिजुल हाकिम र एकवाल होसैनले समान ३ तथा अल फहादले २ विकेट लिए ।

त्यसअघि दुबई क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश ४९.१ ओभरमा १ सय ९८ रनमा अल आउट भयो । बंगलादेशका लागि रियाज होसनले सर्वाधिक ४७ तथा मोहम्मद जेम्सले ४० रन जोडे । फरिद हसन ३९, जवाद अबरार २० तथा कप्तान अजिजुल हाकिम १६ रनमा आउट भए ।

भारत यु १९ का लागि युदराज गुहा, चेतन शर्मा र हार्दिक राजले समान २ तथा किरन चोरमाली, केपि कार्तिय र आयुष महतराले समान १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 December 2024
Website | + posts




ताजा
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
बुधबार नेप्से परिसूचक ४५.३६ अंकले घट्यो
चौधरी ग्रुपले शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने
आफूहरु संसद पुनर्स्थापनाको माग लिएर अदालत जाने: एमाले नेता बस्नते


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने