दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासत राख्न अदालतको अनुमति

दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासत राख्न अदालतको अनुमति : Icon Khabar

काठमाडौं, मंसिर २३ । झापाका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासत राख्न अदालतले अनुमति दिएको छ ।

प्रहरीको केन्द्रीय साइबर ब्यूरोको हिरासतमा रहेका प्रसाईंविरुछ आइतबार ३ दिन म्याद थप भएको ब्यूरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए ।

भक्तपुरस्थि आफ्नै निवासबाट पक्राउ परेका प्रसाईंविरुद्ध विद्युतीय कसुरको अपराधमा ब्यूरोले अनुसन्धान गरिरहेको छ । यसैगरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

विभिन्न व्यवसायीहरुलाई धम्कयाएको कसुरमा पक्राउ परेका झापाका हरिचन्द्र फुयालसँग प्रसाईंको कनेक्सन देखिएपछि उनीविरुद्ध पनि आपराधिक लाभको कसुरमा पक्राउ पुर्जी जारी भएको छ ।

अहिले साइबर ब्यूरोले भने प्रसाईंविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडिया लगानी गरेको भनेर दिएको अभिव्यक्तिमाथि अनुसन्धान भइरहेको छ ।

Published Date: 08 December 2024
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय