आइतबार नेप्से परिसूचक ४५.९३ अंकले घट्यो

आइतबार नेप्से परिसूचक ४५.९३ अंकले घट्यो : Icon Khabar

काठमाडौं, मंसिर २३ । आइतबार नेप्से परिसूचक ४५.९३ विन्दुले घटेर २६८९ अंकमा आएको छ ।

आज ७ अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । सबै समूहका सूचक घटेका छन् ।

आज ३२१ सय कम्पनीको १ करोड ७३ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३२ करोड ६४ लाख रुपैयाँसहित कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल फाइनान्स र रिभर फल्स पावर परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 December 2024
Website | + posts