भक्तपुरमा रास्वपाको प्रथम जिल्ला भेला सम्पन्न

भक्तपुरमा रास्वपाको प्रथम जिल्ला भेला सम्पन्न : Icon Khabar
तस्बिर: केके मानन्धर

भक्तपुर, मंसिर २३ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले अहिलेका मुख्य राजनीतिक दलले देश बिगारेको आरोप लगाएका छन् ।

भक्तपुरको मध्यपुर थिमिमा शनिबार सम्पन्न भएको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्ने क्रममा परियारले नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दल सिद्धान्त बमोजिम नचलेको हुनाले देश अहिलेको अवस्थामा पुगेको बताएका हुन्।

त्यस्तै, रास्वपाका केन्द्रीय उपसभापति तथा पूर्वमन्त्री डिपी अर्यालले नेपालमा वैकल्पिक राजनीतिक शक्ति र नयाँ सोच भएका युवाहरुलाई प्रहार भइरहेकोमा सचेत हुन आग्रह गर्नुरे। पार्टी सभापति रवि लामिछानेलाई सरकारले राजनीतिक प्रतिशोधको लागि अनावश्यक रुपमा दुःख दिएको उनको आरोप थियो ।

कार्यक्रममा संसदीय दलका उपनेता तथा पूर्वमन्त्री विराजभक्त श्रेष्ठले पार्टीका नेता कार्यकर्ताहरु ढुङ्गामुढा नगरिकन राजनीतिमा आएको बताए। पार्टी सभापतिलाई सरकारले साँधेको प्रतिशोधप्रति सचेत रहन आह्वान गर्दै निरन्तर शान्तिपूर्ण बाटोमार्फत भ्रष्टाचार र कुशासनको विरोध गर्न श्रेष्ठले आग्रह गरे।

कार्यक्रममा संस्कृति, सामाजिक र साहित्यिक क्षेत्रमा योगदान गरेका गणेशराम लाछि र जिवित सांस्कृतिक धरोहर श्रीगोपाल प्रजापतिलाई सम्मान गरिएको थियो । रुकेश रंजितले सञ्चालन गरेको उद्घाटन सत्रमा रास्वपा मध्यपुर थिमि नगर सभापति न्हुछेरत्न मानन्धर, प्रमिला कुलुजु, कुशुम महर्जन तथा रामेश्वर बस्नेत लगायतका नेताहरुले सम्बोधन गरेका थिए।

शंखधर चोकबाट र्याली गरेर निगुपुखू क्षेत्र पुगेर सम्पन्न गरेको जिल्ला भेलाको उद्घाटन पश्चात् सुरु हुने बन्दसत्रले राष्ट्रिय स्वतन्त्र पार्टी भक्तपुर जिल्लाको नयाँ कार्यसमिति चयन गरेको हो।

भक्तपुर जिल्ला समिति पदाधिकारी तथा सदस्यहरु

सभापती : रामेश्वर बस्नेत
उपसभापति : स्मृति भट्टराई
सचिब : रुकेश रन्जित
सहसचिव : कृष्ण बहादुर तामाङ्ग
सदस्य : प्रल्हाद कार्की
सदस्य : रामकृष्ण खनाल
सदस्य : मोहन पुरी
सदस्य : लक्ष्मी कुमारी मानन्धर (महिला)
सदस्य : मोना श्रेष्ठ (महिला)
सदस्य : रनोज थापा ( क्षेत्र १)
सदस्य : जयराम वाग्ले ( क्षेत्र २)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 December 2024
Website | + posts