जाडोमा गिजर र हिटर बाल्दा तपाई सावधान हुनुहुन्छ ?

जाडोमा गिजर र हिटर बाल्दा तपाई सावधान हुनुहुन्छ ? : Icon Khabar

काठमाडौँ, मंसिर २३ । जाडो याममा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्ने लगायतका उपायहरु गरिए पनि पर्याप्त सावधानी नअपनाउँदा अप्रिय घटनाहरु हुने गरेका छन्। त्यसैले त्यस्ता कार्य गर्दा हामीले सावधानी अपनाउनु पर्छ।

– हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्नुपर्छ।

– कोइला जन्य स्रोतबाट सकेसम्म आगो ताप्नु हुँदैन।

– आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामाग्री नजिकै नराखौं आगो तापिसकेपछि त्यसलाई पूर्ण रुपमा निभाउने गर्नुपर्छ।

– हिटरको प्रयोग गर्दा समय-समयमा चलिरहेको हिटरलाई बन्द गर्नुपर्छ।

– सुत्नुअघि अनिवार्य रुपमा हिटर निभाउनु पर्छ।

– गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गर्नुपर्छ।

– गिजर खोलेर लामो समयसम्म बाथरुममा बस्ने गर्नु हुँदैन।

Published Date: 08 December 2024
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय