‘पुष्पा २’ हेर्न जाँदा मृत्यु भएकी महिलाको परिवारलाई २५ लाख क्षतिपूर्ति

‘पुष्पा २’ हेर्न जाँदा मृत्यु भएकी महिलाको परिवारलाई २५ लाख क्षतिपूर्ति : Icon Khabar

हैदराबाद, मंसिर २३ । यतिबेला दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा २’ ले बक्स अफिसमा तहल्का मच्चाइरहेको छ ।

फिल्मलाई लिएर दर्शक निकै उत्साहित देखिएका छन् । ४ डिसेम्बरमा हैदराबादको थिएटरमा विशेष शो आयोजना गरिएको थियो । अल्लू अर्जुनलाई हेर्न दर्शकको भागदौड हुँदा एक महिलाको मृत्यु भएको छ । उनको मृत्युपछि उनका परिवारले थिएटर म्यानेजमेन्ट र अल्लू अर्जुनविरूद्ध उजुरी दिएका छन् ।

हालै अल्लू अर्जुनले एक प्रेस सम्मेलन राखेर उक्त घटनाको बारेमा कुराकानी गरेका छन्। ‘सन्ध्या थिएटरमा भएको घटना हुनु हुँदैन थियो । म सन्ध्या थिएटर गएको थिएँ । पूरा फिल्म हेर्न पनि पाइनँ। त्यतिबेला मेरो म्यानेजरले भिड धेरै भएपछि निक्लनु भएका थिएँ। यो घटना बारे मैले भोलिपल्ट जानकारी पाएँ,’ उनले भने ।

उनले अगाडि थप्दै भने, ‘सुकुमार सर पनि यस मामिलाबाट निकै दु:खी हुनुहुन्छ। हामीले मृतृ महिलाको परिवारलाई २५ लाख भारू दिएका छौं । उनीहरूले केही समय मागेका छन् । त्यसपछि म उनीहरूको परिवारसँग भेट्ने छु ।’

सुकुमार बान्द्रेडीको लेखन तथा निर्देशन रहेको फिल्ममा अल्लु अर्जुनसहित रश्मिका मन्दना, फरद फासिल, जगपति बाबु, धनुञ्जय, राव रमेश, सुनील लगायतको अभिनय छ । नवीन येर्नेनी र रविशंकर यममाञ्चिली फिल्मका निर्माता हुन् ।

एक्सन, क्राइम र ड्रामा जनराको यो फिल्मको रनटाइम ३ घण्टा २१ मिनेट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 December 2024
Website | + posts




ताजा
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
बुधबार नेप्से परिसूचक ४५.३६ अंकले घट्यो
चौधरी ग्रुपले शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने