‘पुष्पा २’ हेर्न जाँदा मृत्यु भएकी महिलाको परिवारलाई २५ लाख क्षतिपूर्ति

‘पुष्पा २’ हेर्न जाँदा मृत्यु भएकी महिलाको परिवारलाई २५ लाख क्षतिपूर्ति : Icon Khabar

हैदराबाद, मंसिर २३ । यतिबेला दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा २’ ले बक्स अफिसमा तहल्का मच्चाइरहेको छ ।

फिल्मलाई लिएर दर्शक निकै उत्साहित देखिएका छन् । ४ डिसेम्बरमा हैदराबादको थिएटरमा विशेष शो आयोजना गरिएको थियो । अल्लू अर्जुनलाई हेर्न दर्शकको भागदौड हुँदा एक महिलाको मृत्यु भएको छ । उनको मृत्युपछि उनका परिवारले थिएटर म्यानेजमेन्ट र अल्लू अर्जुनविरूद्ध उजुरी दिएका छन् ।

हालै अल्लू अर्जुनले एक प्रेस सम्मेलन राखेर उक्त घटनाको बारेमा कुराकानी गरेका छन्। ‘सन्ध्या थिएटरमा भएको घटना हुनु हुँदैन थियो । म सन्ध्या थिएटर गएको थिएँ । पूरा फिल्म हेर्न पनि पाइनँ। त्यतिबेला मेरो म्यानेजरले भिड धेरै भएपछि निक्लनु भएका थिएँ। यो घटना बारे मैले भोलिपल्ट जानकारी पाएँ,’ उनले भने ।

उनले अगाडि थप्दै भने, ‘सुकुमार सर पनि यस मामिलाबाट निकै दु:खी हुनुहुन्छ। हामीले मृतृ महिलाको परिवारलाई २५ लाख भारू दिएका छौं । उनीहरूले केही समय मागेका छन् । त्यसपछि म उनीहरूको परिवारसँग भेट्ने छु ।’

सुकुमार बान्द्रेडीको लेखन तथा निर्देशन रहेको फिल्ममा अल्लु अर्जुनसहित रश्मिका मन्दना, फरद फासिल, जगपति बाबु, धनुञ्जय, राव रमेश, सुनील लगायतको अभिनय छ । नवीन येर्नेनी र रविशंकर यममाञ्चिली फिल्मका निर्माता हुन् ।

एक्सन, क्राइम र ड्रामा जनराको यो फिल्मको रनटाइम ३ घण्टा २१ मिनेट छ ।

Published Date: 08 December 2024
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय