आँखावरिपरि ‘डार्क सर्कल’ छ ? यी खानेकुरा खानुस

आँखावरिपरि ‘डार्क सर्कल’ छ ? यी खानेकुरा खानुस : Icon Khabar

काठमाडौँ, मंसिर २० । बढी काम गर्ने, तनाव लिने, पर्याप्त नसुत्नेलगायत कारणले आँखावरिपरि ‘डार्क सर्कल’ देखापर्ने गर्छ। यसले मानिसको समग्र सुन्दरतामै ह्रास ल्याउँछ। डार्क सर्कल हटाउन यी भिटामिन पाइने खानेकुरा खानुपर्छः

भिटामिन ए पाइने यी खानेकुरा
भिटामिन एयुक्त खाना खाँदा छालाको ‘रिपेयरिङ’ र ‘टाइटनिङ’मा टेवा पुग्छ। साथै, छालामा रक्तसञ्चार पनि तीव्र हुन्छ। त्यसैले डार्क सर्कल हुनेहरूले गाजर, फर्सी, पाकेको मेवा, आँप, हरियो सागपात आदि बढी खाने गर्नुपर्छ।

भिटामिन सी पाइने यी खानेकुरा
भिटामिन सीले दिमागमा सेराटोनिन नामक रसायन बढी उत्सर्जन गराउँछ, जसले गर्दा राम्रोसँग निदाउन सकिन्छ। सुन्तला, कागती, अमला, खर्बुजाजस्ता भिटामिन सीयुक्त खाना बढी खाने गर्नाले डार्क सर्कल बिस्तारै कम हुँदै जान्छ।

भिटामिन के पाइने यी खानेकुरा
भिटामिन केले रगतलाई गाढा बनाउन मद्दत गर्छ र रक्तसञ्चारलाई पनि तीव्र बनाउँछ। अंगुर, ब्लुबेरी, बन्दाकोभी, ब्रोकाउली, केराउ आदिमा भिटामिन के प्रशस्त पाइने भएकाले डार्क सर्कल भएकाले यस्ता खाना बढी खाने गर्नुपर्छ।

भिटामिन ई पाइने यी खानेकुरा
भिटामिन ईमा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ, जसले छालामा जम्मा भएका विकारलाई शरीरबाहिर निकालेर यसलाई चम्किलो बनाउँछ। त्यही भएर डार्क सर्कलको समस्या भएकाले पालुंगो, हाडे बदाम, बदाम, किवी, ओखर, सूर्यमुखीका बिजजस्ता भिटामिन ईयुक्त खानेकुरा बढी खानुपर्छ।

Published Date: 05 December 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास