नेपाल प्रिमियर लिगमा सट्टेबाजी गराएको आरोपमा थप ३ जना पक्राउ

नेपाल प्रिमियर लिगमा सट्टेबाजी गराएको आरोपमा थप ३ जना पक्राउ : Icon Khabar

काठमाडौँ, मंसिर २० । नेपाल प्रिमियर लिगमा सट्टेबाजी गराएको आरोपमा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बसेर सट्टेबाजी गराउने थप ३ जनालाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता (एसपी) होविन्द्र बोगटीले रातोपाटीलाई बताए ।

यसअघि चारजना भारतिय नागरिकलाई ब्युरोले पक्राउ गरेको थियो । भारत कलकत्ता घर भएका २४ वर्षीय सुमन घोष, उत्तर प्रदेश कानपुर घर भएका अमित यादव, बिहार घर भएका २७ वर्षीय सुमन्त कुमार र बिहारकै ३० वर्षीय ब्रजेश कुमार यसअघि पक्राउ परेका थिए ।

आरोपीहरूले दुईवटा एपको प्रयोग गरेर सट्टेबाजी गराएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । स्पोर्टस् बाजी र प्रोबो एप मार्फत उनीहरूले सट्टेबाजी गराउने गरेको एसपी बोगटीले जानकारी दिए ।

Published Date: 05 December 2024


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक