नेपाल प्रिमियर लिगमा सट्टेबाजी गराएको आरोपमा थप ३ जना पक्राउ

नेपाल प्रिमियर लिगमा सट्टेबाजी गराएको आरोपमा थप ३ जना पक्राउ : Icon Khabar

काठमाडौँ, मंसिर २० । नेपाल प्रिमियर लिगमा सट्टेबाजी गराएको आरोपमा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बसेर सट्टेबाजी गराउने थप ३ जनालाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता (एसपी) होविन्द्र बोगटीले रातोपाटीलाई बताए ।

यसअघि चारजना भारतिय नागरिकलाई ब्युरोले पक्राउ गरेको थियो । भारत कलकत्ता घर भएका २४ वर्षीय सुमन घोष, उत्तर प्रदेश कानपुर घर भएका अमित यादव, बिहार घर भएका २७ वर्षीय सुमन्त कुमार र बिहारकै ३० वर्षीय ब्रजेश कुमार यसअघि पक्राउ परेका थिए ।

आरोपीहरूले दुईवटा एपको प्रयोग गरेर सट्टेबाजी गराएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । स्पोर्टस् बाजी र प्रोबो एप मार्फत उनीहरूले सट्टेबाजी गराउने गरेको एसपी बोगटीले जानकारी दिए ।

Published Date: 05 December 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास