इंग्लिस प्रिमियर लिगमा सिटीको लगातार हारपछिको जीत

इंग्लिस प्रिमियर लिगमा सिटीको लगातार हारपछिको जीत : Icon Khabar

काठमाडौँ, मंसिर २० । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले लगातारको हारको शृंखला तोडेको छ। लिगमा दसौं खेलदेखि लगातार पराजित भएको सिटीले गएराति नटिंघम फरेस्टमाथि तीन गोल गर्दै हारको शृंखला तोडेको हो।

इतिहाड स्टेडियममा बर्नार्डो शिल्भा, केभिन डि ब्रुयन र जेरेमी डोकुले गोल गर्दा सिटीले ३-० ले विजयी भएको हो। खेलको आठौं मिनेटमै सिल्भाको गोलमा सिटीले अग्रता लिएको थियो। डि ब्रुयनले ३१ मिनेटमा अग्रता दोब्बर पारे। ५७ मिनेटमा डोकुले गरेको गोल निर्णायक बन्यो।

लिगको साविक विजेता सिटीले खस्किँदो लय सुधारेको हो या होइन भन्नका लागि आगामी खेलबाट आकलन गर्न सकिन्छ। लिगको दसौं खेलमा बर्नमाउथसँग पराजित भएयताका सिटीले ब्राइटन, टोटनहम र लिभरपुलसँगको खेलमा हार ब्यहोरेको छ।

यद्यपि गएरातिको जितले सिटीलाई ठूलो राहत र उत्साह थपेको छ। लगातार चार खेलमा पराजित भोगेको सिटी शीर्ष स्थानबाट अहिले चौथोमा पुगेको छ। उसको २६ अंक छ। चेल्सी र आर्सनल म२८ अंकसहित दोस्रो र तेस्रो स्थानमा छ।

लिभरपुल ३५ अंकसहित शीर्ष स्थानमा छ।

Published Date: 05 December 2024


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक