इंग्लिस प्रिमियर लिगमा सिटीको लगातार हारपछिको जीत

इंग्लिस प्रिमियर लिगमा सिटीको लगातार हारपछिको जीत : Icon Khabar

काठमाडौँ, मंसिर २० । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले लगातारको हारको शृंखला तोडेको छ। लिगमा दसौं खेलदेखि लगातार पराजित भएको सिटीले गएराति नटिंघम फरेस्टमाथि तीन गोल गर्दै हारको शृंखला तोडेको हो।

इतिहाड स्टेडियममा बर्नार्डो शिल्भा, केभिन डि ब्रुयन र जेरेमी डोकुले गोल गर्दा सिटीले ३-० ले विजयी भएको हो। खेलको आठौं मिनेटमै सिल्भाको गोलमा सिटीले अग्रता लिएको थियो। डि ब्रुयनले ३१ मिनेटमा अग्रता दोब्बर पारे। ५७ मिनेटमा डोकुले गरेको गोल निर्णायक बन्यो।

लिगको साविक विजेता सिटीले खस्किँदो लय सुधारेको हो या होइन भन्नका लागि आगामी खेलबाट आकलन गर्न सकिन्छ। लिगको दसौं खेलमा बर्नमाउथसँग पराजित भएयताका सिटीले ब्राइटन, टोटनहम र लिभरपुलसँगको खेलमा हार ब्यहोरेको छ।

यद्यपि गएरातिको जितले सिटीलाई ठूलो राहत र उत्साह थपेको छ। लगातार चार खेलमा पराजित भोगेको सिटी शीर्ष स्थानबाट अहिले चौथोमा पुगेको छ। उसको २६ अंक छ। चेल्सी र आर्सनल म२८ अंकसहित दोस्रो र तेस्रो स्थानमा छ।

लिभरपुल ३५ अंकसहित शीर्ष स्थानमा छ।

Published Date: 05 December 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास