नेपाल प्रिमियर लिग – आज पनि दुई खेल हुदै

नेपाल प्रिमियर लिग – आज पनि दुई खेल हुदै : Icon Khabar

काठमाडौं, मंसिर २० । नेपाल प्रिमियर लिग(एनपिएल) मा बिहिवार दुई हुदैछन् । आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स खेल्न लागेका हुन् । दुईबीचको खेल कीर्तिपुरमा रहेको टियु क्रिकेट मैदानमा बिहान ९ बजे पछि सुरु हुनेछ ।

पोखरा पहिलो खेलमा पराजित भएकाले यस खेलमा जितका साथ प्रतियोगितामा पहिलो जित हात पार्न चाहान्छन् । पोखरा पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएको थियो ।

सुरुवाती दुवै खेलमा जित हासिल गरेको जनकपुर यस खेलमा पनि जितको लयलाई निरन्तरता दिन चाहन्छ । जनकपुरले पहिलो खेलमा विराटनगर किंग्स तथा दोस्रो खेलमा कर्णाली याक्सलाई समान ८ विकेटले हराएको थियो । पोखरा कुशल भुर्तेलको कप्तानीमा रहँदा जनकपुर अनिल शाहको कप्तानीमा रहेको छ ।

आजै हुने दोस्रो खेलमा काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुदैछ । टियु क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल दिउँसो १ बजेबाट सुरु हुनेछ । १ खेलमा जित १ मा बेहारेको काठमाडौं बलियो टोली सुदूरपश्चिमलाई हराएर जितको लयलाई निरन्तरता दिन चाहन्छ ।

सुरुवाती खेलबाटै जितको लयलाई निरन्तरता दिएको सुदूरपश्चिम पनि जितको यात्रालाई निरन्तरता दिन चाहन्छ । पुस ६ गतेसम्म चल्ने एनपिएलमा ८ टोलीको सहभागिता छ । राउन्ड रोबिन लिगपछि शीर्ष ४ टोली प्लेअफमा प्रवेश गर्नेछन् ।

Published Date: 05 December 2024


ताजा
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली
सुनको भाउ बढेको बढ्यै
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
देशभर वर्षाको सम्भावना: बाढी, पहिरो र भूक्षयको जोखिम उच्च रहनसक्ने चेतावनी


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु