बजारमा अण्डाको मूल्य फेरी बढ्यो

बजारमा अण्डाको मूल्य फेरी बढ्यो : Icon Khabar

काठमाडौँ, मंसिर १६ । बजारमा अण्डाको मूल्य बढेको छ। माग बढ्न थालेपछि अण्डाको मूल्य बढ्न थालेको हो। हिजो शनिबारदेखि लागू हुने गरी अण्डाको मूल्य प्रतिक्रेट ३० देखि ४० रूपैयाँ बढाइएको नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोख पोखरेलले जानकारी दिए।

बजारमा मध्यम, ठूलो र एक्सल गरी तीन आकारका अण्डा आउँछन्। अहिले मध्यम अण्डाको मूल्य प्रतिक्रेट चार सय ४०, ठूलो चार सय ५५ र एक्सल अण्डा चार सय ७० रूपैयाँ छ।

यस अघि मध्यम अण्डा प्रतिक्रेट चार सय, ठूलो चार सय २५ र एक्सल चार सय ४० रूपैयाँ थियो। यो किसानले पाउने मूल्य हो।

उपभोक्ता मूल्य भने प्रतिगोटा २० रूपैयाँ रहेको छ।

Published Date: 01 December 2024


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने