स्थानीय तहको रिक्त पदका लागि मतदान सकियो, ६२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

स्थानीय तहको रिक्त पदका लागि मतदान सकियो, ६२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान : Icon Khabar

काठमाडौं, मंसिर १६ । निर्वाचन आयोगले स्थानीय तहको रिक्त पदका लागि लगभग मतदान सकिएको बताएको छ ।

आयोगका साहायक प्रवक्ता दुर्गा प्रसाद चालिसेका अनुसार ६२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ । ‘लगभग मतदान सकियो, ६२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ’ चालिसेले भने ।

अधिकांश ठाउँमा मतदान सकिएको जानकारी आएको र जानकारी आउन बाँकी रहेको ठाउँमा पनि मतदान जारी रहेको सूचना नरहेको उनले बताए ।

उनले भने, ‘निर्धारित समय अगावै मतदान सकिएको बुझिएको छ । लाइनमा रहेका कारणले मतदान जारी रहेको भन्ने सूचना छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 December 2024
Website | + posts