नेपाल प्रिमियर लिग (एनपिएल) का लागि टिकट बिक्री खुला

नेपाल प्रिमियर लिग (एनपिएल) का लागि टिकट बिक्री खुला : Icon Khabar

काठमाडौँ, मंसिर ११ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपिएल) का लागि टिकट बिक्री खुला गरेको छ। आज रातिदेखि खुला गरिएको टिकट खल्ती एपबाट काट्न सकिनेछ।

शनिबार उद्घाटन खेलको टिकट मूल्य साधारणतर्फ ३ सय र भिआइपीतर्फ ७ सय तोकिएको छ। अरु लिग खेलको ३ सय र ५ सय टिकट मूल्य तोकिएको छ।

लिग खेलमा एउटा टिकटले दिनको दुबै खेल हेर्न सकिनेछ। प्लेअफको ५ सय र ७ सय रुपैयाँ टिकट मूल्य तोकिएको छ। फाइनल खेलको ५ सय र एक हजार रुपैयाँ टिकट मूल्य छ।

सिजनल पासको लागि साधारणतर्फ ४४ सय ८० रुपैयाँ र भिआइपीतर्फ ८२ सय ४० रुपैयाँ मूल्य तिर्नुपर्नेछ। मंसिर र १५ देखि पुस ६ गतेसम्म कीर्तिपुर स्थित त्रिवी मैदानमा हुने प्रतियोगितामा ८ फ्रेन्चाइज टिमबीच प्रतिस्पर्धा हुनेछ।

Published Date: 26 November 2024


ताजा
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?
१५० बाँसुरीवादक र १५० कलाकारको सामूहिक नृत्यले गुञ्जियो भक्तपुर दरबार क्षेत्र
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड