नेपाल प्रिमियर लिग (एनपिएल) का लागि टिकट बिक्री खुला

नेपाल प्रिमियर लिग (एनपिएल) का लागि टिकट बिक्री खुला : Icon Khabar

काठमाडौँ, मंसिर ११ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपिएल) का लागि टिकट बिक्री खुला गरेको छ। आज रातिदेखि खुला गरिएको टिकट खल्ती एपबाट काट्न सकिनेछ।

शनिबार उद्घाटन खेलको टिकट मूल्य साधारणतर्फ ३ सय र भिआइपीतर्फ ७ सय तोकिएको छ। अरु लिग खेलको ३ सय र ५ सय टिकट मूल्य तोकिएको छ।

लिग खेलमा एउटा टिकटले दिनको दुबै खेल हेर्न सकिनेछ। प्लेअफको ५ सय र ७ सय रुपैयाँ टिकट मूल्य तोकिएको छ। फाइनल खेलको ५ सय र एक हजार रुपैयाँ टिकट मूल्य छ।

सिजनल पासको लागि साधारणतर्फ ४४ सय ८० रुपैयाँ र भिआइपीतर्फ ८२ सय ४० रुपैयाँ मूल्य तिर्नुपर्नेछ। मंसिर र १५ देखि पुस ६ गतेसम्म कीर्तिपुर स्थित त्रिवी मैदानमा हुने प्रतियोगितामा ८ फ्रेन्चाइज टिमबीच प्रतिस्पर्धा हुनेछ।

Published Date: 26 November 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने