डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँको दरले बढ्यो

डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँको दरले बढ्यो : Icon Khabar

काठमाडौं, कार्तिक ३० । नेपाल आयल निगमले डिजल र मट्टितेलको मूल्य बढाएको छ ।

शुक्रबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मिट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो । यो मूल्य शनिबार मध्यराति १२ बजेदेखि लागू हुनेछ ।

मूल्य बढेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५०.५० रुपैयाँ कायम भएको छ।

यस्तै सुर्खेत र दाङमा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५२ रुपैयाँ कायम भएको छ भने काठमाडौं, पोखरा र दिपायलमा डिजेल र मट्टितेलको मूल्‍य प्रतिलिटर १५३ रुपैयाँ कायम भएको छ ।

तर, पेट्रोलको मुल्‍य भने बढाइएको छैन।

Published Date: 15 November 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड