मलेसियाबाट एक दर्जन नेपाली निष्काशित

मलेसियाबाट एक दर्जन नेपाली निष्काशित : Icon Khabar

काठमाडौँ, कार्तिक ३० । मलेसिया सरकारले वैदेशिक रोजगारमा गएका १२ नेपालीलाई निष्काशन गरेको छ । अध्यागमन कानुन उल्लंघन गरेको भन्दै मलेसियाले उनीहरूलाई निष्काशन गरेको हो । निष्काशित उनीहरू बिहीबार काठमाडौं आइपुगेको अध्यागमन विभागले जनाएको छ । ‘मलेसियाले डिपोर्ट गरेका उनीहरू बिहीबार काठमाडौं आइपुगेका छन्। अध्यागमन कानुन उल्लंघन गरेको भन्ने छ । तर, कुन कानुन भन्ने कुरा स्पष्ट खुलाइएको छैन,’ अध्यागमन विभाग स्रोतले सुनायो ।

निष्काशित हुनेहरुमा विजयसिंह गंगी, बुद्धिलाल मुसहर, प्रवास कुमार विश्वास, अनिल लोद, श्यामकुमार लिम्बु, ईश्वर कुमार राई, राजन दास, तुलाराम ओली, रामकुमार सदा, जितेन्द्र ठाकुर, रामसेवक मण्डल र विवेक यादव छन् ।उनीहरू मालिन्दो एयरलायन्सको जहाजबाट वैदेशिक रोजगारका लागि मलेसिया पुगेका थिए । त्यस्तै माल्दिभ्स, बेलायत र कतारले पनि एक–एक जना नेपालीलाई निष्काशन गरेका छन् ।

अध्यागमन कानुन विपरीत यात्रा गरेको पाइएपछि श्रीलंकन एयरलायन्सबाट माल्दिभ्स पुगेका दिल्पाकुमारी सार्की, कतार एयरलायन्सबाट दोहा पुगेका गुडु शेख र थाइ एयरलायन्सको जहाजबाट बेलायत पुगेका सागर गुरुङलाई निष्कासन गरिएको अध्यागमन विभागले जनाएको छ । पछिल्लो समय मलेसियाले अवैध तरिकाले प्रवेश गर्नेहरूमाथि कडाइ गरेको छ । वैदेशिक रोजगारका लागि मलेसिया पुग्ने कामदारमाथि पनि उसले निगरानी गर्दै आएको छ ।

Published Date: 15 November 2024
ताजा
प्रतिनिधिसभा निर्वाचन २०८२: भक्तपुरका विभिन्न मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान हुँदै (फोटो फिचर)
कमलविनायकको सरस्वती विद्यागृहमा २३२९ मत खस्यो
महेन्द्रग्राम मावि सुडालमा मध्यान्ह १२ बजेसम्म ९४७ मत खस्यो
डिजिटल युगमा पनि मतदाता परिचय रूजू गराउनुपर्ने झन्झट, ख्वप कलेज मतदान केन्द्रमा मतदाताको गुनासो


ट्रेन्डिङ
पाण्डुबजार हाइटमा अवस्थित वि किड्स स्कुलको स्पोर्टस् कार्निभल २०८२ सम्पन्न
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो