हालैको बाढीपहिरोबाट मकवानपुरमा १ अर्ब ६९ लाख रुपैयाँभन्दा बढीको भौतिक क्षति

हालैको बाढीपहिरोबाट मकवानपुरमा १ अर्ब ६९ लाख रुपैयाँभन्दा बढीको भौतिक क्षति : Icon Khabar

हेटौंडा, कार्तिक २९ । हालैको बाढीपहिरोबाट मकवानपुरमा १ अर्ब ६९ लाख रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लामा एक अर्ब ६९ लाख ३५ हजार ७३५ रुपैयाँबराबरको धनमालको क्षति भएको छ ।

जिल्लाका १० पालिकामध्ये सबैभन्दा बढी इन्द्रसरोवर गाउँपालिकामा मानवीय र भौतिक क्षति भएको सहायक प्रमुख जिल्ला अधिकारी घोलकराज ढकालले बताए ।

जिल्लाका १० पालिकाका १३४ घर पूर्ण रुपमा र १८३ घर आंशिक क्षति भएका उनले जानकारी दिए । पाँच पालिकाका १६ झोलुंगे पुल र ५१ सडक तथा २३ हजार ७९ रोपनी जग्गामा लगाइएको बालीमा क्षति भएको छ । खानेपानी, विद्युत्लगायत ५८ पूर्वाधारमा क्षति भएको उनले बताए ।

बाढीपहिरोमा परी जिल्लामा इन्द्रसरोवर गाउँपालिकामा ६, मनहरी गाउँपालिकामा दुई, मकवानपुरगढी गाउँपालिकामा एक र वाग्मती गाउँपालिकामा एक गरी १० जनाको मृत्यु भएको थियो । थाहा नगरपालिकामा दुई, भीमफेदी गाउँपालिका, मकवानपुरगढी, बकैया गाउँपालिका र वाग्मतीमा एक÷एक गरी ६ जना घाइते भएका थिए । – रासस

Published Date: 14 November 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास