हालैको बाढीपहिरोबाट मकवानपुरमा १ अर्ब ६९ लाख रुपैयाँभन्दा बढीको भौतिक क्षति

हालैको बाढीपहिरोबाट मकवानपुरमा १ अर्ब ६९ लाख रुपैयाँभन्दा बढीको भौतिक क्षति : Icon Khabar

हेटौंडा, कार्तिक २९ । हालैको बाढीपहिरोबाट मकवानपुरमा १ अर्ब ६९ लाख रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लामा एक अर्ब ६९ लाख ३५ हजार ७३५ रुपैयाँबराबरको धनमालको क्षति भएको छ ।

जिल्लाका १० पालिकामध्ये सबैभन्दा बढी इन्द्रसरोवर गाउँपालिकामा मानवीय र भौतिक क्षति भएको सहायक प्रमुख जिल्ला अधिकारी घोलकराज ढकालले बताए ।

जिल्लाका १० पालिकाका १३४ घर पूर्ण रुपमा र १८३ घर आंशिक क्षति भएका उनले जानकारी दिए । पाँच पालिकाका १६ झोलुंगे पुल र ५१ सडक तथा २३ हजार ७९ रोपनी जग्गामा लगाइएको बालीमा क्षति भएको छ । खानेपानी, विद्युत्लगायत ५८ पूर्वाधारमा क्षति भएको उनले बताए ।

बाढीपहिरोमा परी जिल्लामा इन्द्रसरोवर गाउँपालिकामा ६, मनहरी गाउँपालिकामा दुई, मकवानपुरगढी गाउँपालिकामा एक र वाग्मती गाउँपालिकामा एक गरी १० जनाको मृत्यु भएको थियो । थाहा नगरपालिकामा दुई, भीमफेदी गाउँपालिका, मकवानपुरगढी, बकैया गाउँपालिका र वाग्मतीमा एक÷एक गरी ६ जना घाइते भएका थिए । – रासस

Published Date: 14 November 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड