लुम्बिनीमा राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि मतदान सुरु

लुम्बिनीमा राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि मतदान सुरु : Icon Khabar

दाङ, माघ २५ । लुम्बिनीमा राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि मतदान सुरु भएको छ । दाङको घोराहीस्थित कर्मचारी भेला केन्द्रमा बिहान १० बजेदेखि मतदान सुरु भएको छ ।

लुम्बिनी प्रदेशसभा सदस्य तथा मन्त्री चेतनारायण आचार्यले पहिलो मतदान गरेका थिए । दिउँसो ३ बजेसम्म मतदान जारी रहने प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए ।

राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि तीन जनाको उम्मेदवारी परेको छ । नेकपा एमालेका कुमार दासौंदी, नेपाली कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर राई उम्मेदवार छन् ।

गत वर्ष नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन भएको थियो ।

प्रदेश सभाका सदस्य र नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि राष्ट्रियसभा सदस्यले मतदान गर्ने व्यवस्था छ । लुम्बिनी क्षेत्रमा कुल मतदाता संख्या ३०५ रहेको छ, जसमध्ये प्रदेश सांसदको संख्या ८७ छ ।

प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि १०९ स्थानीय तहका मतदाता संख्या २१८ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 February 2023
Website | + posts




ताजा
सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी
अबिरल वर्षाका कारण नेपालका मुख्य सडक र पुलमा मात्रै ७ अर्ब ९१ करोड रुपैयाँ बराबरको क्षति
बिहीबार नेप्से परिसूचक २२.५९ अंकले बढ्यो
माइतीघरमा प्रदर्शन गर्न खोजेको आरोपमा पक्राउ पर्नेको संख्या १४ पुग्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?