लुम्बिनीमा राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि मतदान सुरु

लुम्बिनीमा राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि मतदान सुरु : Icon Khabar

दाङ, माघ २५ । लुम्बिनीमा राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि मतदान सुरु भएको छ । दाङको घोराहीस्थित कर्मचारी भेला केन्द्रमा बिहान १० बजेदेखि मतदान सुरु भएको छ ।

लुम्बिनी प्रदेशसभा सदस्य तथा मन्त्री चेतनारायण आचार्यले पहिलो मतदान गरेका थिए । दिउँसो ३ बजेसम्म मतदान जारी रहने प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए ।

राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि तीन जनाको उम्मेदवारी परेको छ । नेकपा एमालेका कुमार दासौंदी, नेपाली कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर राई उम्मेदवार छन् ।

गत वर्ष नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन भएको थियो ।

प्रदेश सभाका सदस्य र नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि राष्ट्रियसभा सदस्यले मतदान गर्ने व्यवस्था छ । लुम्बिनी क्षेत्रमा कुल मतदाता संख्या ३०५ रहेको छ, जसमध्ये प्रदेश सांसदको संख्या ८७ छ ।

प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि १०९ स्थानीय तहका मतदाता संख्या २१८ रहेको छ ।

Published Date: 08 February 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय