भक्तपुर, कार्तिक २५ । चौतारी बचत तथा ऋण सहकारी संस्था लिको १७ औं वार्षिक साधारणसभा वागमति प्रदेश बचत तथा ऋण सहकारी संस्था लि र भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्था लिका अध्यक्ष श्री कृष्णगोबिन्द लाखाजूको प्रमूख आतिथ्यमा सम्पन्न भयो ।
अध्यक्ष लाखाजूले बचत तथा ऋण सहकारी संस्था लिको साधारणसभालाई सदस्यहरुको महासभाको रुपमा सम्बोधन गर्दा राम्रो हुने विचार राख्दै यस सभामा सदस्यहरुले संस्थाका सम्बन्धमा भए गरेका निणर्यहरुमा सहमति, विमति र आप्mनो यथोचित मागहरु पनि राख्ने पाउने अवसर भएका कारण उपस्थित भई कार्यक्रम सफल गर्नुपर्ने बताए।
उनले महासभा मार्फत सदस्यहरुलाई सहकारी वितिय साक्षरता कार्यक्रम संचालन गर्नुपर्ने आवश्यकता औल्याउदै सहकारी साक्षरता कार्यक्रमको अभावमा गलत ब्यक्तिहरुले लाभ उठाइरहेको कुरामा जोड दिए।
कार्यक्रममा सूर्यविनायक नगरपालिका सहकारी विभागका प्रमूख राजेन्द्र कुमार श्रेष्ठले सहकारीका सम्बन्धमा छलफल गर्ने दिनै साधारणसभा रहेको, संस्थाका सदस्यहरु पनि सजग र सचेत हुन अनुरोध गर्दै नगर कार्यक्षेत्रभित्रका सहकारी संस्थाहरुको अनुगमन र निरिक्षण गरिरहेको बताए । केही सहकारीको कारण सहकारी क्षेत्र नै बदनाम हुने अवस्था रहेको बताउदै सहकारीका माध्यमबाट छिमेकी देशहरुको आर्थिक, सामाजिक विकासबाट समृद्धि आएको सिक्न सकिने बताए।
शुवेक्षा बचत तथा ऋण सहकारी संस्था लिका अध्यक्ष विश्वराम लवजूले चौतारी बचत तथा ऋण सहकारी संस्था लि समुदायमा आधारित रहेको संस्था रहेको कारण यसरी गर्वका साथ उपस्थित रही कार्यक्रम गरीरहेको र सदस्यहरुले संस्था समुदायमा आधारित रहेको वा नरहेको भेद छट्याइ आर्थिक कारोवार गर्नु पर्ने तर्फ सचेत गरे।
कार्यक्रमका अध्यक्ष पुष्पदास श्रेष्ठ, उपाध्यक्ष पाण्डब सुवाल, सचिव रामशरण त्वाती, कोषाध्यक्ष गंगाबहादुर फाजू, लेखासुरिवेक्षण समितिको तर्फबाट सदस्य शिवराम श्रेष्ठ र ऋण सुपरिवेक्षण समितिका संयोजक पुरुषेतम ङाखुसी समेतले आ–आफ्नो वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरी सर्वसम्मत रुपमा पारित भएको थियो। साथै कार्यक्रममा सल्लाहकार सदस्य सरोज खोतेजा र सपना बाडेले समेत बोलेका थिए।
Published Date: 10 November 2024-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1