जापानीज इन्सेफलाइटिसको सङ्क्रमणबाट २९ प्रतिशतको मृत्यु

जापानीज इन्सेफलाइटिसको सङ्क्रमणबाट २९ प्रतिशतको मृत्यु : Icon Khabar

काठमाडौँ, कार्तिक २२ । जापानीज इन्सेफलाइटिस(जेई) को सङ्क्रमणबाट करिब २९ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ ।

परिवार कल्याण महाशाखाको तथ्याङ्क अनुसार ३० जिल्लाबाट ८० जनामा जापानीज इन्सेफलाइटिस पुष्टि भएका मध्ये २८.७५ प्रतिशत अर्थात् २३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कैलाली चार जनाको मृत्यु भएको छ । कपिलवस्तु, रौतहट, सिराहा, सुनसरी र झापामा दुई÷दुई जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । त्यसैगरी, रुपन्देही, पाल्पा, चितवन, काठमाडौँ, पर्सा, सर्लाही, नवलपरासी, सिन्धुली र धनुषामा एक÷एक जनाको मृत्यु भएको छ ।

सङ्क्रमितमध्ये अधिकांश १५ वर्ष मुनिका बालबालिका रहेको महाशाखाले जनाएको छ । मृत्यु भएकामध्ये यो विरुद्धको खोप नलगाउका,ज्येष्ठ नागरिक तथा दीर्घरोगी भएको महाशाखाले जनाएको छ ।

खोपले नियन्त्रण गरेको जापनिज इन्सेफलाइटिस बढ्नु चिन्ताको विषय भएको सरुवारोग विशेषज्ञ डा.शेरबहादुर पुन बताउनुहुन्छ ।

महाशाखाका अनुसार सन् २०२३ मा १०७ जनामा जापानीज इन्सेफलाइटिसको सङ्क्रमण पुष्टि हुनुका साथै सात जनाको मृत्यु भएको थियो ।

सन् २०२२ मा ६६,सन् २०२१ २८ जना र सन् २०२० मा २२ जनामा जापानीज इन्सेफलाइटिस पुष्टि भएको थियो । नेपालमा जापनिज इन्सेफलाइटिसका बिरामीहरू प्रत्येक वर्ष अगस्ट र सेप्टेम्बर महिनामा उच्च हुने गरेका छन् ।

Published Date: 07 November 2024


ताजा
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
अब सबै अनलाइन बिजनेस सरकारी निकायमा सूचीकरण हुनुपर्ने
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली