लक्ष्मीपूजाको दिन गर्न नहुने काम

लक्ष्मीपूजाको दिन गर्न नहुने काम : Icon Khabar

काठमाडौं, कार्तिक १५ । आज कार्तिक १५ गते बिहिबार अर्थात लक्ष्मीपूजा, तिहारको महत्वपूर्ण दिन । तिहारको लक्ष्मी पूजा हरेक वर्षको कार्तिकको औँशीका दिन मनाइन्छ ।

यो दिन मानिसहरु आफ्नो मनोकामना पुरा गर्नका लागि देवी लक्ष्मीको पूजा गर्छन् । यो शुभ दिनमा देवी माता धरतीमा आफ्ना भक्तलाई आशीवार्द दिन आउँछिन् । यद्यपि, वास्तु अनुसार यो दिन लक्ष्मी माताको विशेष रुपले पूजा गर्नुको साथै केही काम गर्नबाट बच्नु पर्छ ।

यदि यो दिनमा त्यस्ता काम गर्दा माता लक्ष्मी रिसाउँछिन् भन्ने मान्यता रहेको छ । लक्ष्मि पूजाको दिन के गर्ने र के नगर्ने भन्ने बारेमा छोटो जानकारी :

वास्तु अनुसार गर्न नहुने काम

कुनै ठाउँ ध्यानपूर्वक पार गर्ने । यसका साथै अन्जान ठाउँ र कुराहरु छुनबाट बच्नु पर्छ ।

यो शुभ दिनमा कुचो खुल्ला ठाउँमा राख्नु हुँदैन । कुचो त्यस्तो ठाउरमा राख्नु पर्छ, जहाँ कसैले देख्न सक्दैन ।

यदि रंगोली बनाउँदै हुनुहुन्छ भने त्यसमा कालो र अँध्यारो रंगको प्रयोग गर्नु हुँदैन । वास्तु अनुसार यी रंग अशुभ भएकाले यसबाट बनेको रंगालीले लक्ष्म खुशी हुन्नन् ।

घरमा काम नलाग्ने र फुटेका सामानहरु राख्नु हुँदैन । यसका साथै घरको सरसफाईमा विशेष ध्यान दिनु पर्छ ।

लक्ष्मी पूजाको दिन एक–अर्कालाई उपहार दिँदा छालाको कुरा दिनु हुँदैन । यसो गर्दा आर्थिक समस्या पर्न सक्छ ।

धेरै मानिसहरु यो शुभ दिनमा अल्कोहल र मांशाहारी सेवन गर्छन् । तर वास्तु अनुसार यी कुराहरु खानु हुँदैन । यस्ता कुराको सेवनले जीवनमा आर्थिक समस्याको सामना गर्नु पर्ने हुन सक्छ ।

वास्तु अनुसार कालो रंग अशुभ हुन्छ । त्यसैले लक्ष्मी पूजाका दिन कालो रंगको पहिरन लगाउनबाट बच्नु पर्छ ।

यो दिन लक्ष्मी आफ्ना भक्तजनलाई आर्शिवाद दिन पृथ्वीमा आउँछिन् । त्यसैले यो दिन रातभर जागराम बसेर भजन कीर्तन गर्नुपर्छ ।

यो दिन झगडा गर्नु हुँदैन । अशान्ति भएको घरमा माता लक्ष्मीको बास हुँदैन ।

लक्ष्मी पूजा गर्नु अगाडि माता लक्ष्मीको मूर्ति सही स्थानमा राख्नु आवश्यक छ । त्यसैले भगवान गणेशको मूर्ति दायाँ राखेर मात्र माता लक्ष्मीको मूर्ति स्थापना गर्नु पर्छ ।

यदि आँगनमा पुजा गर्ने हो भने त्यसका लागि पहिला त्यहाँ लिपेर रंगोली बनाउनु पर्छ । यसका साथै रातो, पहेंलो र हरियो आदि शुभ रंगहरुका साथ चामल मिसाउनु आवश्यक छ ।

रंगोलीमा कालो र अँध्यारो रंगको प्रयोग गर्नु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
3
+1
1
+1
0
Published Date: 31 October 2024
Website | + posts
ताजा
बाढीपहिरोका कारण एक महिनादेखि उत्तरी नाका बन्द भएपछि १७ सय कन्टेनर अलपत्र
ह्वाइट हाउसले सुरू गर्यो आधिकारिक टिकटक खाता
खानेपानी, जलस्रोत तथा सिँचाइ क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अपनाउनु वर्तमान समयको आवश्यकता : मन्त्री यादव
प्रधानमन्त्री ओली प्रतिनिधि सभामा सांसदहरूसँग प्रश्नोत्तरमा सहभागी नहुने


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू