सहलह साकोसको स्थापना दिवसको उपलक्ष्यमा चित्रकला प्रतियोगिता सम्पन्न

सहलह साकोसको स्थापना दिवसको उपलक्ष्यमा चित्रकला प्रतियोगिता सम्पन्न : Icon Khabar

भक्तपुर, कार्तिक ८। सहलह बचत तथा ऋण सहकारी संस्था लि गोल्मढी, भक्तपुर–७ को आयोजनामा संस्थाको १८ औं स्थापना दिवसको उपलक्ष्यमा विद्यालय स्तरीय चित्रकला प्रतियोगिता विहीबार सम्पन्न भयो ।

प्रतियोगिता कला, संस्कृति र सम्पदा विषयमा भक्तपुर दरवार क्षेत्रमा भएको थियो । प्रतियोगिता सुरू हुनुभन्दा अगाडि संस्थाका अध्यक्ष श्याम तजलेले विभिन्न समयमा विविध विषयमा प्रतियोगिता गर्दै आएको जानकारी दिँदै संस्थाको स्थापना समुदायका सदस्यहरूको हितमा काम गर्न कै लागि भएको प्रष्ट परे । उनले अहिलेको समयमा थुप्रै संस्थाले ब्याजको लोभ देखाएर सर्वसाधारणको अरबौं रकम हिनामिना गरेर भाग्ने सहकारी समुदायमा पनि रहेकोले सबैजना सचेत हुनुपर्ने बताए ।

संस्थाका सचिव रामेश्वर मचामसीले संस्थाको आयोजनामा भएको चित्रकला प्रतियोगितामा सहभागी विद्यार्थी र विद्यालय सबैलाई धन्यवाद र शुभकामना दिँदै संस्थाले आर्थिक विषयलाई मात्र नहेर्ने हुँदा विविध विषयमा प्रतियोगिता पनि सञ्चालन गर्दै आएको जानकारी दिए ।

वि.सं. २०६४ कार्तिक १५ गते स्थापना भएको सहलह बचत तथा ऋण सहकारी संस्था लिले १८औं स्थापनाको उपलक्ष्यमा भएको चित्रकला प्रतियोगितामा १५ वटा विद्यालयबाट ८५ जना प्रतियोगीहरू सहभागी भएका छन् ।

Published Date: 24 October 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने