इसेवाले फोनपोइन्टस्सँग सहकार्य गर्ने

इसेवाले फोनपोइन्टस्सँग सहकार्य गर्ने : Icon Khabar

काठमाडौं, कार्तिक ८ । नेपालमा डिजिटल कारोबारलाई सहज गर्दै प्रयोगकर्ताको अनुभवलाई थप गुण्स्तरीय बनाउने लक्ष्यका साथ इसेवाले फोनपोइन्टस्सँग सहकार्य गर्ने निर्णय गरेको छ ।

फोनपोइन्टस्को सुरुवातसँगै कम्पनीले प्रयोगकर्ताहरूलाई लोयल्टी अभियानहरूप्रति अझ बढी आकर्षित गर्न खोजेको छ ।

यसले प्रयोगकर्ताहरूलाई आफ्नो संकलित पोइन्टस्लाई प्रयोग गर्न विभिन्न प्रकारका विकल्पहरू उपलब्ध गराइ थप सुविधा र सन्तुष्टि दिने मात्र नभएर अझ बढी डिजिटल कारोबार गर्न प्रोत्साहन गर्ने लक्ष्य राखेको कम्पनीको भनाइ छ ।

यसमा प्रयोगकर्तालाई एकीकृत र फाइदाजनक अनुभूति प्रदान गर्न नियमित प्रयोगकर्ताहरूलाई दिइने लोयल्टी पोइन्टलाई एकीकृत गर्ने विकल्प दिइएको छ । एकीकृत गरिएका लोयल्टी पोइन्ट प्रयोग गरी विभिन्न अफर अवलोकन गर्दै ती अफर संकलन र उपभोग गर्ने प्रक्रियाहरूलाई सरल बनाउने साझेदारीको लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

फोनपोइन्टस्का सीईओ सागर पौडेलका अनुसार यस प्लेटफर्ममा नयाँ प्रयोगकर्तालाई जोडिनका लागि सजिलो र सहज प्रक्रिया प्रदान गरिएको छ । यसको सरल प्रक्रियाहरूले प्रयोगकर्ताहरूलाई जटिलताको सामना गर्न नपर्ने बनाउन मद्दत गर्दछ । यो प्रक्रिया सिधै फोनपोइन्टस् एपबाट पनि गर्न मिल्ने भएका कारणले प्रयोगकर्ताहरूले बीचमा अन्य चरणहरू पार नगरीकनै छिटो सेवा प्राप्त गर्न सक्नेछन् । यसले प्लेटफर्ममा प्रयोगकर्ताहरूको रुचि बढाउनुका साथै फोनपोइन्टस्को विस्तार गर्न सहयोग गर्न सक्ने पौडेलले बताए ।

प्रयोगकर्ताहरूले फोनपोइन्ट वा पार्टनर एप मार्फत आफले कमाएको फोन पोइन्टस्को विवरण हेर्न, विभिन्न अफर अवलोकन गर्दै फोनपोइन्टस् प्रयोग गरी आफूले चाहेको अफरहरू प्राप्त गर्न सक्नेछन्, जसले प्रयोगकर्ताको अनुभवलाई सरल बनाउँछ ।

८६ लाखभन्दा बढी ग्राहकहरू २ लाख ३८ हजारबढी एजेन्टहरू र ४९ बैंकहरूको विशाल नेटवर्क रहेको इसेवा नेपाल राष्ट्र बैंकद्वारा लाइसेन्स प्राप्त सुरक्षित डिजिटल वालेट हो ।

Published Date: 24 October 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने