बालबालिकालाई भिटामिन ‘ए’ किन खुवाउनु पर्छ ?

बालबालिकालाई भिटामिन ‘ए’ किन खुवाउनु पर्छ ? : Icon Khabar

काठमाडौँ, कार्तिक ८ । जनस्वास्थ्य कार्यक्रमका हिसाबले विश्वमा ८५ प्रतिशतले सफलता पाएको नेपाल सरकारले सन १९९३ मा केही जिल्लाबाट सुरु गरिएको भिटामिन ‘ए’ हाल राष्ट्रिय रुपमा देशैभरी सञ्चालित छ। यसका साथै बालबालिकाको कुपोषण कारक तत्व जुका नियन्त्रणका लागि सँगसँगै जुकाको औाषधि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाबाट खुवाइन्छ।

हाम्रो शरीरलाई अत्यावश्यक सूक्ष्म पोषक तत्व हो जुन शरीर आफैले बनाउन सक्दैन्। आमाको दुधमा शिशुलाई आवश्यक पर्ने भिटामिन ए प्रशस्त मात्रामा हुन्छ। त्यसैले बच्चालाई पूर्ण रुपमा स्तनपान गराएका शिशुहरुमा छ महिनासम्म आमाका दुधले नै भिटामिन ए को स्रोतको काम गर्छ भने छ महिनापछि भने खानाबाट वा बाहिरी स्रोतबाट भिटामिन ए दिनुपर्छ।

शरीरमा भिटामिन ‘ए’ को काम शरीरले भिटामिन ए लाई कलेजोमा सञ्चित गरेर राखेर आवश्यक अन्य स्थानहरुमा पुर्‍याउँछ। भिटामिन ए ले शरीरको छाला र शरीरका विभिन्न अंगको झिल्लीलाई चुस्त दुरुस्त राख्न मद्दत गर्छ। जसमा श्वासप्रश्वास, आन्द्रा आँखा, कान, पिसाब थैली लगायतका झिल्ली पर्दछन्। साथै कम प्रकाशमा आँखाले देख्नको लागि पनि भिटामिन ए अत्यावश्यक हुन्छ। यसका अतिरिक्त शरीरको वृद्धि विकास प्रजनन शक्ति र रोग प्रतिरोधात्मक शक्तिको विकासका लागि पनि भिटामिन ए जरुरी हुन्छ।

भिटामिन ए कुन कुन खानेकुरामा पाइन्छ भन्ने जान्न जरुरी छ। भिटामिन ए प्रसस्त मात्रामा पाइने खानेकुराहरु यसप्रकार रहेका छन्: हरियो सागसब्जी, गाजर, फर्सी, मेवा आँप, कलेजो, अण्डा, दुध आदी। यी खानेकुराहरु धेरैको घरमै उपलब्ध हुने हुनाले आमाबाबुले आफना बालबालिकालाई यी खानेकरा नियमित दिन सकिन्छ। हाम्रा वरिपरि भएका खानेकुरामा नै भिटामिन प्रसस्त मात्रामा पाइने भए पनि कहिलेकाहीं खानेकुराको अभाव, चेतनाको अभाव वा खाने तरिका नमिल्दा पनि बालबालिकामा भिटामिन ए को कमी हुनसक्छ। त्यसैले यस्तो अवस्थाका लागि भिटामिन ए क्याप्सुलका रुपमा दिने गरिन्छ।

भिटामिन ‘ए’ को कमीले हुने रोगहरु:
शरीरमा भिटामिन ‘ए’ को कमी भएमा विभिन्न समस्याहरु देखा पर्छन्। जस्तै आँखाको नानीको सुख्खापन, रतन्धो, छालाको सुख्खापन र अन्य समस्या, हड्डीको विकासमा कमी, रोगसँग लड्ने क्षमतामा कमी, बारम्बार र कडा किसिमको निमोनिया हुनु एवं झाडापखाला लागिरहनु आदी।

भिटामिन ‘ए’ को कमी ५ वर्ष मुनिका बालबालिकाहरुमा किन बढी हुन्छ?
हुन त भिटामिन एको कमी कुनै पनि उमेर समूहका मानिसलाई हुनसक्छ तर विभिन्न अध्ययनले विकासेन्मुख देशमा ३० देखि ५० प्रतिशत सम्म ५ वर्ष मूनिका बालबालिकामा भिटामिन ए को कमी भएको पाइएको छ। आमाको दुध मात्रै खाने बच्चाको अन्य खानेकुराको शुरुवात हुनु, यस उमेरमा छिटो छिटो शारीरिक विकास हुनु र बारम्बार श्वासप्रश्वास र आन्द्राको संक्रमण हुने कारणले ५ वर्ष मुनिका बालबिालकामा भिटामिन ए को कमी र यसले गर्दा हुने मृत्युदर बढी हुने गरेको पाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
Published Date: 24 October 2024
Website | + posts




ताजा
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
बुधबार नेप्से परिसूचक ४५.३६ अंकले घट्यो
चौधरी ग्रुपले शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने