बार्सिलोनाको सहज जित

बार्सिलोनाको सहज जित : Icon Khabar

काठमाडौं, कार्तिक ०५ । बार्सिलोनाले स्पेनिस ला लिगामा आइतबार सहज जित निकालेको छ । बार्सिलोनाले सेभिल्लामाथि ५–१ गोलको जित हासिल गरेको हो । बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्की र पाब्लो टोरेले समान २ तथा पेड्रीले १ गोल गरे ।

लेवान्डोस्कीले २४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई सुरूवाती अग्रता दिलाएका थिए । २८ औं मिनेटमा पेड्रीले गोल गरेपछि अग्रता दोब्बर भएको थियो । लेवान्डोस्कीले ३९ औं मिनेटमा अर्को गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा ३–० को अग्रता बनाएको थियो ।

पाब्लोले ८२ औं र ८८ औं मिनेटमा गोल गरेपछि बार्सिलोनाको जित सहज बनेको थियो । खेल सकिन ३ मिनेट बाँकी रहँदा सेभिल्लाका स्टानिस इडुम्बोले गोल गरेका थिए।

बार्सिलोना १० खेलबाट २७ अंकका साथ शीर्ष स्थानमा छ । दोस्रो स्थानका रियल म्याड्रिकको २४ अंक छ । सेभिल्ला १२ अंक जोडेर १३ औं स्थानमा छ ।

Published Date: 21 October 2024
ताजा
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस
आज बुधबारको राशिफल
बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प, बैतडीसम्म धक्का महसुस
देशैभर मनसुनी प्रभाव, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय