बार्सिलोनाको सहज जित

बार्सिलोनाको सहज जित : Icon Khabar

काठमाडौं, कार्तिक ०५ । बार्सिलोनाले स्पेनिस ला लिगामा आइतबार सहज जित निकालेको छ । बार्सिलोनाले सेभिल्लामाथि ५–१ गोलको जित हासिल गरेको हो । बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्की र पाब्लो टोरेले समान २ तथा पेड्रीले १ गोल गरे ।

लेवान्डोस्कीले २४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई सुरूवाती अग्रता दिलाएका थिए । २८ औं मिनेटमा पेड्रीले गोल गरेपछि अग्रता दोब्बर भएको थियो । लेवान्डोस्कीले ३९ औं मिनेटमा अर्को गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा ३–० को अग्रता बनाएको थियो ।

पाब्लोले ८२ औं र ८८ औं मिनेटमा गोल गरेपछि बार्सिलोनाको जित सहज बनेको थियो । खेल सकिन ३ मिनेट बाँकी रहँदा सेभिल्लाका स्टानिस इडुम्बोले गोल गरेका थिए।

बार्सिलोना १० खेलबाट २७ अंकका साथ शीर्ष स्थानमा छ । दोस्रो स्थानका रियल म्याड्रिकको २४ अंक छ । सेभिल्ला १२ अंक जोडेर १३ औं स्थानमा छ ।

Published Date: 21 October 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड