सोमबारका लागि विदेशी मुद्राको विनिमय दर

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर : Icon Khabar

काठमाडौं, कार्तिक ०५ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैँया २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैँया ८१ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैँया ८४ पैसा र बिक्रीदर एक सय ४६ रुपैँया ४९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैँया १६ पैसा र बिक्रीदर एक सय ७५ रुपैँया ९५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैँया १७ पैसा र बिक्रीदर एक सय ५५ रुपैँया ८४ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैँया १ पैसा र बिक्रीदर ९० रुपैँया ४२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैँया २५ पैसा र बिक्रीदर ९७ रुपैँया ७८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैँया ४२ पैसा र बिक्रीदर एक सय २ रुपैँया ८८ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर खाठ रुपैँया ९८ पैसा र बिक्रीदर नौ रुपैँया २ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैँया ९० पैसा र बिक्रीदर १८ रुपैँया ९८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैँया ७४ पैसा र बिक्रीदर ३५ रुपैँया ८९ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैँया ८१ पैसा र बिक्रीदर ३६ रुपैँया ९७ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैँया ५ पैसा र बिक्रीदर चार रुपैँया ५ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैँया ५४ पैसा र बिक्रीदर ३६ रुपैँया ७० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैँया १८ पैसा र बिक्रीदर ३१ रुपैँया ३२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर ९ रुपैँया ८० पैसा र बिक्रीदर ९ रुपैँया ८४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैँया ७६ पैसा र बिक्रीदर १२ रुपै‌या ८१ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैँया ५५ पैसा र बिक्रीदर १९ रुपैँया ६४ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैँया २७ पैसा र बिक्रीदर १७ रुपैँया ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैँया ९२ पैसा र बिक्रीदर चार सय ३९ रुपै‌या ८८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैँया ९८ पैसा र बिक्रीदर तीन सय ५७ रुपैँया ७९ पैसा तथा भारतीय रुपैँया एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 October 2024
Website | + posts




ताजा
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
बुधबार नेप्से परिसूचक ४५.३६ अंकले घट्यो
चौधरी ग्रुपले शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने