सुख्खा पहिरोका कारण अवरूद्व अरनिको राजमार्ग एकतर्फी सुचारु

सुख्खा पहिरोका कारण अवरूद्व अरनिको राजमार्ग एकतर्फी सुचारु : Icon Khabar

काभ्रे, असोज २७ । सुख्खा पहिरोका कारण अवरुद्व भएको अरनिको राजमार्ग एकतर्फी सुचारु भएको छ ।

शनिवार राति आएको सुख्खा पहिरोका कारण अवरुद्ध भएको अरनिको राजमार्ग आईतवार बिहान १० बजेबाट एकतर्फी सुचारु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।

सुख्खा पहिरोका कारण शनिवार राति ९ बजेदेखि अरनिको राजमार्ग अन्तर्गत पाँचखाल नगरपालिका ८ स्थित ५० किलोमा राजमार्ग अवरुद्ध भएको थियो ।

सडक बिभाग, स्थानीय तहको समन्वयमा जेसिभिबाट पहिरो पन्छाएर एकतर्फी रुपमा राजमार्ग सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले बताए ।

उनले दुईतर्फी यातायात सन्चालनका लागि केही समय लाग्ने बताए ।

Published Date: 13 October 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास