सुख्खा पहिरोका कारण अवरूद्व अरनिको राजमार्ग एकतर्फी सुचारु

सुख्खा पहिरोका कारण अवरूद्व अरनिको राजमार्ग एकतर्फी सुचारु : Icon Khabar

काभ्रे, असोज २७ । सुख्खा पहिरोका कारण अवरुद्व भएको अरनिको राजमार्ग एकतर्फी सुचारु भएको छ ।

शनिवार राति आएको सुख्खा पहिरोका कारण अवरुद्ध भएको अरनिको राजमार्ग आईतवार बिहान १० बजेबाट एकतर्फी सुचारु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।

सुख्खा पहिरोका कारण शनिवार राति ९ बजेदेखि अरनिको राजमार्ग अन्तर्गत पाँचखाल नगरपालिका ८ स्थित ५० किलोमा राजमार्ग अवरुद्ध भएको थियो ।

सडक बिभाग, स्थानीय तहको समन्वयमा जेसिभिबाट पहिरो पन्छाएर एकतर्फी रुपमा राजमार्ग सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले बताए ।

उनले दुईतर्फी यातायात सन्चालनका लागि केही समय लाग्ने बताए ।

Published Date: 13 October 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड