पोल्याण्डमाथि पोर्चुगलको शानदार जीत

पोल्याण्डमाथि पोर्चुगलको शानदार जीत : Icon Khabar

काठमाडौं, असोज २७ । युइएफए नेसन्स लिग अन्तर्गत पोर्चुगलले पोल्याण्डमाथि शानदार जित हासिल गरेको छ । गए राति सम्पन्न खेलमा पोर्चुगलले पोल्याण्डलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

पोर्चुगलको जितमा बेर्नार्डो सिल्भा र क्रिस्टियानो रोनाल्डोले एक–एक गोल गरेका थिए, भने एक गोल पोल्याण्डका जान बेडनारेकले आत्मघाती गोल गरेका थिए । त्यस्तै, पोल्याण्डका लागि एक गोल पिओट जिएलिन्सकीले गरेका थिए ।

यो जितपछि पोर्चुगलले नेसन्स लिग ‘ए’ को समूह एकमा ३ खेलमा तीनै जित हासिल गर्दै ९ अंक बनाएको छ र समूहमा शीर्ष स्थानमा छ । त्यस्तै, पोल्याण्डले भने ३ खेलमा ३ अंक बनाएको छ र समूहमा तेस्रो स्थानमा छ । अब पोर्चुगलले अर्को खेल स्कटल्याण्डविरुद्ध अक्टोबर १६ मा खेल्ने तालिका छ भने पोल्याण्डले पनि अक्टोबर १६ मा क्रोएसियाको सामना गर्नेछ ।

Published Date: 13 October 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड