पोल्याण्डमाथि पोर्चुगलको शानदार जीत

पोल्याण्डमाथि पोर्चुगलको शानदार जीत : Icon Khabar

काठमाडौं, असोज २७ । युइएफए नेसन्स लिग अन्तर्गत पोर्चुगलले पोल्याण्डमाथि शानदार जित हासिल गरेको छ । गए राति सम्पन्न खेलमा पोर्चुगलले पोल्याण्डलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

पोर्चुगलको जितमा बेर्नार्डो सिल्भा र क्रिस्टियानो रोनाल्डोले एक–एक गोल गरेका थिए, भने एक गोल पोल्याण्डका जान बेडनारेकले आत्मघाती गोल गरेका थिए । त्यस्तै, पोल्याण्डका लागि एक गोल पिओट जिएलिन्सकीले गरेका थिए ।

यो जितपछि पोर्चुगलले नेसन्स लिग ‘ए’ को समूह एकमा ३ खेलमा तीनै जित हासिल गर्दै ९ अंक बनाएको छ र समूहमा शीर्ष स्थानमा छ । त्यस्तै, पोल्याण्डले भने ३ खेलमा ३ अंक बनाएको छ र समूहमा तेस्रो स्थानमा छ । अब पोर्चुगलले अर्को खेल स्कटल्याण्डविरुद्ध अक्टोबर १६ मा खेल्ने तालिका छ भने पोल्याण्डले पनि अक्टोबर १६ मा क्रोएसियाको सामना गर्नेछ ।

Published Date: 13 October 2024
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा