नेपालसँग क्यानडा हाई पर्फर्मेन्स टिम पराजित

नेपालसँग क्यानडा हाई पर्फर्मेन्स टिम पराजित : Icon Khabar

काठमाडौं, असोज २३ ।  नेपालले चौथो अभ्यास खेलमा क्यानडा हाइ पर्फर्मेन्स टिमलाई पराजित गरेको छ । क्यानडा भ्रमणमा रहेको नेपाली टोलीले बुधवार बिहान सकिएको अभ्यास खेलमा २ विकेटको जित निकालेको हो ।

१ सय ९५ रनको लक्ष्य नेपालले ४६.२ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर अनिल शाहले ७३ बलमा ५९, आरिफ शेखले ३४ तथा कुशल मल्लले ३० रन बनाए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको स्थानिय टोलीले ४७.४ ओभरमा अल आउट हुदै १ सय ९४ रन बनायो । स्थानिय टोलीका ओपनर मिहार पटेलले ७२ तथा खाएविर खानले २८ रन बनाए ।

नेपालका लागि कुशल भुर्तेलले ३, करण केसी र सागर ढकालले समान २ तथा कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए । नेपाल विश्वकप लिग टु खेल्न क्यानडाबाटै अमेरिका जानेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 October 2024
Website | + posts
ताजा
एनपीएल फाइनल : रोहित, शेर र ट्रम्पलम्यानको ३-३ विकेट, सुदूरपश्चिम ८५ रनमा अलआउट
भक्तपुरको त्रिशुलडाँडाबाट देखिएको मनमोहक हिमशृङ्खला ( फोटो फिचर )
काठमाडौं उपत्यकामा चिसो क्रमिक रूपमा बढ्दै
त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आगामी पुस १० गते दशरथ रंगशालामा हुने


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न