नेपालसँग क्यानडा हाई पर्फर्मेन्स टिम पराजित

नेपालसँग क्यानडा हाई पर्फर्मेन्स टिम पराजित : Icon Khabar

काठमाडौं, असोज २३ ।  नेपालले चौथो अभ्यास खेलमा क्यानडा हाइ पर्फर्मेन्स टिमलाई पराजित गरेको छ । क्यानडा भ्रमणमा रहेको नेपाली टोलीले बुधवार बिहान सकिएको अभ्यास खेलमा २ विकेटको जित निकालेको हो ।

१ सय ९५ रनको लक्ष्य नेपालले ४६.२ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर अनिल शाहले ७३ बलमा ५९, आरिफ शेखले ३४ तथा कुशल मल्लले ३० रन बनाए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको स्थानिय टोलीले ४७.४ ओभरमा अल आउट हुदै १ सय ९४ रन बनायो । स्थानिय टोलीका ओपनर मिहार पटेलले ७२ तथा खाएविर खानले २८ रन बनाए ।

नेपालका लागि कुशल भुर्तेलले ३, करण केसी र सागर ढकालले समान २ तथा कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए । नेपाल विश्वकप लिग टु खेल्न क्यानडाबाटै अमेरिका जानेछ ।

Published Date: 09 October 2024


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु