अभिनेत्री निरुता सिंह र अभिनेता उत्तम प्रधान पुन: एक साथ, ’यो जुनी यस्तै भो’ गीतको भिडियो सार्वजनिक

अभिनेत्री निरुता सिंह र अभिनेता उत्तम प्रधान पुन: एक साथ, ’यो जुनी यस्तै भो’ गीतको भिडियो सार्वजनिक : Icon Khabar

काठमाडौँ, असोज १७ । अभिनेत्री निरुता सिंह र अभिनेता उत्तम प्रधानले थुप्रै सुपरहिट फिल्महरुमा सहकार्य गरेका छन् । फिचर फिल्मको यो सुपरहिट जोडी १६ बर्षपछि दर्शकमाझ फर्किएको छ ।

उत्तम र निरुताले अभिनय गरेको ’यो जुनी यस्तै भो’ गीतको भिडियो बुधबार सार्वजनिक गरिएको छ । रचनाकार बबी लिम्बूले आफ्नो स्वर्गीय श्रीमान प्रति समर्पित गरेर कोरेका शब्दमा हरि लम्सालको संगीत र केशब भावुकको स्वर रहेको छ । कणर्प्रिय अडियोको भिडियो निकै भावुक बनेको छ । मिराज अर्यालले निर्देशन गरेको भिडियोमा उत्तम र निरुताको साथमा यसोधा रुचाल र आलोक अर्यालको अभिनय रहेको छ ।

‘दर्पण छायाँ’ निर्देशक तुलसी घिमिरेको प्रमुख आतिथ्यमा यो जुनी भिडियो सार्वजनिक गरिएको हो । निर्देशक घिमिरेले भिडियो मार्मिक बनेको बताए ।

Published Date: 03 October 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास