अभिनेत्री निरुता सिंह र अभिनेता उत्तम प्रधान पुन: एक साथ, ’यो जुनी यस्तै भो’ गीतको भिडियो सार्वजनिक

अभिनेत्री निरुता सिंह र अभिनेता उत्तम प्रधान पुन: एक साथ, ’यो जुनी यस्तै भो’ गीतको भिडियो सार्वजनिक : Icon Khabar

काठमाडौँ, असोज १७ । अभिनेत्री निरुता सिंह र अभिनेता उत्तम प्रधानले थुप्रै सुपरहिट फिल्महरुमा सहकार्य गरेका छन् । फिचर फिल्मको यो सुपरहिट जोडी १६ बर्षपछि दर्शकमाझ फर्किएको छ ।

उत्तम र निरुताले अभिनय गरेको ’यो जुनी यस्तै भो’ गीतको भिडियो बुधबार सार्वजनिक गरिएको छ । रचनाकार बबी लिम्बूले आफ्नो स्वर्गीय श्रीमान प्रति समर्पित गरेर कोरेका शब्दमा हरि लम्सालको संगीत र केशब भावुकको स्वर रहेको छ । कणर्प्रिय अडियोको भिडियो निकै भावुक बनेको छ । मिराज अर्यालले निर्देशन गरेको भिडियोमा उत्तम र निरुताको साथमा यसोधा रुचाल र आलोक अर्यालको अभिनय रहेको छ ।

‘दर्पण छायाँ’ निर्देशक तुलसी घिमिरेको प्रमुख आतिथ्यमा यो जुनी भिडियो सार्वजनिक गरिएको हो । निर्देशक घिमिरेले भिडियो मार्मिक बनेको बताए ।

Published Date: 03 October 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड