दैनिक उपभोग्य वस्तुमा कोही कसैले कालोबजारी गरे ११३७ मा फोन गर्नुस्

दैनिक उपभोग्य वस्तुमा कोही कसैले कालोबजारी गरे ११३७ मा फोन गर्नुस् : Icon Khabar

काठमाडौँ, असोज १७ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विपत्जन्य अवस्थाले केही दिन तरकारी अभाव देखिए पनि दैनिक उपभोग्य वस्तुको अभाव नरहेको बताएका छन्।

दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन मन्त्रालयले पनि देशका ४४ जिल्लाका ६१ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरिएको मन्त्री भण्डारीले जानकारी गराए । नेकपा (एमाले) युवा विद्यार्थी विशेष जिल्ला कमिटीले बुधबार बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री भण्डारीले विपत्जन्य अवस्था र चाडपर्वका बेला कोही कसैले बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव गरे वा मूल्यवृद्धि गरे कडा कारबाही गरिने चेतावनी दिए।

“काठमाडौँमा आउने तरकारी छिमेकी जिल्लाहरू धादिङ, नुवाकोट, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोकलगायत जिल्लाबाट हो, बाढीपहिरोले एकातिर बाटो बन्द भयो, अर्कोतिर वर्षाले तरकारी खेतीमा नोक्सानी भई केही दिन तरकारी आयात हुन समस्या भयो र केही मूल्य वृद्धि भएको हो ।”

विगतभन्दा अहिले दैनिक उपभोग्य वस्तुको मूल्य घटेको जनाउँदै मन्त्री भण्डारी बजारमा कोही कसैले अत्यावश्यक दैनिक उपभोग्य वस्तुमा कोही कसैले कालोबजारी तथा मूल्यवृद्धि गरे वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको हटलाइन नं. ११३७ मा खबर गर्न आग्रह गरे।

Published Date: 03 October 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास