कप्तान पौडेलको अलराउण्ड प्रदर्शनमा ओमानविरुद्ध नेपालको शानदार जीत

कप्तान पौडेलको अलराउण्ड प्रदर्शनमा ओमानविरुद्ध नेपालको शानदार जीत : Icon Khabar

काठमाडौँ, असोज १७ । क्यानडामा जारी त्रिकोणात्मक टी–२० सीरीजको आफ्नो अन्तिम खेलमा ओमानविरुद्ध नेपालले उत्कृष्ट जीत हासिल गरेको छ । ओमानका कप्तान अकिब इल्यासले टस जितेर बलिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गरेको खेलमा ५६ रनको स्पष्ट जीत हासिल गरेको हो ।

उपाधि सम्भावनालाई कायमै राख्न जित्नै पर्ने दवावमा रहेको नेपाल र ओमानबीचको किङ सिटीमा खेलिएको खेलमा नेपालले पहिला ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १५७ रनको योगफल तयार पारेको थियो । १५८ रनको विजयी लक्ष्य पछ्याउन मैदानमा प्रवेश गरेको ओमानको टीम १७.५ ओभरमा १०१ रनमै समेटिएपछि नेपालले शानदार जीत हासिल गरेको हो ।

बिहीवार बिहान सम्पन्न भएको यो खेलमा नेपालका लागि रोहित पौडेलले कप्तानी इनिङ खेले । उनले अलराउण्ड प्रदर्शन गर्दै ४४ बलमा २ चौका तथा चार छक्काको सहयोगले सर्वाधिक ५६ रन बनाए भने एक ओभरमात्रै बलिङ गरेर दुई विकेटसमेत लिन सफल भए । उनीबाहेक कुशल मल्लले १९ रन, देव खनालले १८ रन, आशिफ शेखले १६ रन तथा अनिल साह र कुशल भूर्तेलले समान ११ रनको योगदान दिए ।

जवाफी ब्याटिङमा उत्रिएको ओमानका लागि जीशान मसूदले सर्वाधिक ३५ रन तथा कप्तान आकिब आइयासले २२ रनको योगदान दिए । नेपालका लागि कुशल भूर्तेलले सवाृधिक ३ विकेट लिए । उनले १.५ ओभरमा १० रन दिएर ३ विकेट लिएका हुने । भूर्तेलबाहेक रिजन ढकाल, सन्दीप लामिछाने तथा रोहित पौडेलले समान दुई विकेट लिए ।

तीन देशले एक–अर्कासँग समान दुई खेल खेलेपछि शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्ने छ । नेपालले ओमानलाई हराउँदै उपाधि सम्भावना कायमै राखेको छ । ओमानसँगको यो खेलमा पराजित भएको भए नेपालको उपाधि सम्भावना समाप्त हुने थियो ।

यो खेलमा जीत हासिल गरेका कारण अब आज राति हुने ओमान र क्यानडाबीचको खेलबाट नेपालको उपाधि सम्भावनाबारे स्पष्ट हुनेछ । यदि आजको खेलमा ओमानले कम अन्तरमा क्यानडालाई हराएमा नेपालले उपाधि जित्नेछ । क्यानडा विजयी भएमा नेपाल उपाधिविहिन् रहने छ ।

यसअघि नेपालले गत सोमवार ओमानलाई ३७ रनले हराएको थियो । क्यानडासँग भने नेपालले दुवै खेलमा पराजय व्यहोरेको थियो ।

Published Date: 03 October 2024
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय