कप्तान पौडेलको अलराउण्ड प्रदर्शनमा ओमानविरुद्ध नेपालको शानदार जीत

कप्तान पौडेलको अलराउण्ड प्रदर्शनमा ओमानविरुद्ध नेपालको शानदार जीत : Icon Khabar

काठमाडौँ, असोज १७ । क्यानडामा जारी त्रिकोणात्मक टी–२० सीरीजको आफ्नो अन्तिम खेलमा ओमानविरुद्ध नेपालले उत्कृष्ट जीत हासिल गरेको छ । ओमानका कप्तान अकिब इल्यासले टस जितेर बलिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गरेको खेलमा ५६ रनको स्पष्ट जीत हासिल गरेको हो ।

उपाधि सम्भावनालाई कायमै राख्न जित्नै पर्ने दवावमा रहेको नेपाल र ओमानबीचको किङ सिटीमा खेलिएको खेलमा नेपालले पहिला ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १५७ रनको योगफल तयार पारेको थियो । १५८ रनको विजयी लक्ष्य पछ्याउन मैदानमा प्रवेश गरेको ओमानको टीम १७.५ ओभरमा १०१ रनमै समेटिएपछि नेपालले शानदार जीत हासिल गरेको हो ।

बिहीवार बिहान सम्पन्न भएको यो खेलमा नेपालका लागि रोहित पौडेलले कप्तानी इनिङ खेले । उनले अलराउण्ड प्रदर्शन गर्दै ४४ बलमा २ चौका तथा चार छक्काको सहयोगले सर्वाधिक ५६ रन बनाए भने एक ओभरमात्रै बलिङ गरेर दुई विकेटसमेत लिन सफल भए । उनीबाहेक कुशल मल्लले १९ रन, देव खनालले १८ रन, आशिफ शेखले १६ रन तथा अनिल साह र कुशल भूर्तेलले समान ११ रनको योगदान दिए ।

जवाफी ब्याटिङमा उत्रिएको ओमानका लागि जीशान मसूदले सर्वाधिक ३५ रन तथा कप्तान आकिब आइयासले २२ रनको योगदान दिए । नेपालका लागि कुशल भूर्तेलले सवाृधिक ३ विकेट लिए । उनले १.५ ओभरमा १० रन दिएर ३ विकेट लिएका हुने । भूर्तेलबाहेक रिजन ढकाल, सन्दीप लामिछाने तथा रोहित पौडेलले समान दुई विकेट लिए ।

तीन देशले एक–अर्कासँग समान दुई खेल खेलेपछि शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्ने छ । नेपालले ओमानलाई हराउँदै उपाधि सम्भावना कायमै राखेको छ । ओमानसँगको यो खेलमा पराजित भएको भए नेपालको उपाधि सम्भावना समाप्त हुने थियो ।

यो खेलमा जीत हासिल गरेका कारण अब आज राति हुने ओमान र क्यानडाबीचको खेलबाट नेपालको उपाधि सम्भावनाबारे स्पष्ट हुनेछ । यदि आजको खेलमा ओमानले कम अन्तरमा क्यानडालाई हराएमा नेपालले उपाधि जित्नेछ । क्यानडा विजयी भएमा नेपाल उपाधिविहिन् रहने छ ।

यसअघि नेपालले गत सोमवार ओमानलाई ३७ रनले हराएको थियो । क्यानडासँग भने नेपालले दुवै खेलमा पराजय व्यहोरेको थियो ।

Published Date: 03 October 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने