आज बिहीबारको राशिफल

आज बिहीबारको राशिफल : Icon Khabar

काठमाडौँ, असोज १७ । आज २०८१ असोज १७ गते बिहीवार, तद्अनुसार ३ अक्टोबर २०२४ । आज असोज शुक्ल प्रतिपदा, एन्द्र किंस्तुघ्न हस्ता, आज घटस्थापना, घटस्थापना व्रत, नवरात्र प्रारम्भ, सूर्योदय बिहानः ०५ः५७, सूर्यास्त साँझः १७ः४७ बजे ।

आजको राशिफल

मेष: आज टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । घरमा पाहुनाहरुको आगमन हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ । लगानी शुभ रहने छ ।

वृष: कुनै आनन्दोत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । मनपर्ने भोजनको आनन्द प्राप्त हुनेछ । परिवार अथवा साथीहरुसंग समय प्रसन्नतापूर्वक व्यतीत हुनेछ ।

मिथुन: ऐश्वर्यका साधनमा सोच–विचार गरेर खर्च गर्नु होला । नकारात्मकता हावी रहने छ । सवारीसाधन तथा मशीनरीको प्रयोगमा सावधानी अपनाउनु होला ।

कर्कट: अदालतको काम मनोनुकूल रहने छ । जीवनसाथीबाट सहयोग पाइने छ । प्रसन्नता रहने छ ।

सिंह: आर्थिक उन्नति हुनेछ । व्यापार–व्यवसाय लाभदायक रहने छ । शेयर मार्केटबाट ठूलो फाइदा हुनेछ ।

कन्या: कुनै उत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ । यात्रा मनोरञ्जक रहने छ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् ।

तुला: प्रयास बढी गर्नु पर्नेछ । लाभमा वृद्धि हुनेछ । काममा ध्यान दिन गाह्रो पर्नेछ । बिना कारण कसैसंग भनाभन हुन सक्ने छ ।

वृश्चिक: हतारमा कुनै पनि गलत कार्य नगर्नु होला । लामो समयदेखि रोकिएको पैसा पाइने योग छ । या‍त्रा लाभदायक रहने छ । आम्दानीको स्रोत प्राप्त हुनसक्ने छ ।

धनु: टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । घरमा पाहुनाको आगमन हुनेछ । लगानी शुभ रहने छ ।

मकर: कुनै पनि महत्वपूर्ण निर्णय गर्दा सोच–समझकर गर्नु होला । व्यावसायिक यात्रा सफल रहने छ । अप्रत्याशित लाभ हुनसक्छ । शेयर मार्केटबाट ठूलो लाभ हुनसक्छ ।

कुम्भ: अरुको झगडामा नपर्नु होला । अप्रत्याशित खर्च बढ्ने छ । पुराना रोग बल्झिन सक्ने छ ।

मीन: व्यावसायिक यात्रा सफल रहने छ । लाभको अवसर हात पर्नेछ । लाभमा वृद्धि हुनेछ । लगानी शुभ रहने छ ।

Published Date: 03 October 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास