कुलेखानी ड्याम भरियो : तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

कुलेखानी ड्याम भरियो : तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह : Icon Khabar

काठमाडौं, असोज ११ । मकवानपुरको कुलेखानी ड्याम करिब भरिएपछि तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ड्यामका ढोका खोल्नुपर्ने अवस्था सिर्जना हुनसक्ने देखिएकाले कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै वागमती नदी किनाराका बस्तीहरूमा एक्कासी बाढी आउन सक्ने अवस्था देखिएको छ ।

आयोजनाले कुलेखानीदेखि तलका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूले उच्च सतर्कता अपनाउनु हुन र प्रतिकार्यमा खटिने सुरक्षाकर्मीहरू एवं स्वयंसेवकहरू समेत हाइ अलर्टमा बस्न अनुरोध गरको छ ।

मकवानपुर जिल्ला विपद व्यवस्थापन समिति र सम्बन्धित पालिकाका स्थानीय विपद् व्यवस्थापन समितिहरूले समेत तदनरुप सुरक्षित स्थानको पूर्वतयारी गर्न समेत अनुरोध गरिएको छ । त्यस्तै इन्द्रसरोवर गाउँपालिकाले कुलेखानी आसपास घर भएका वडा नम्बर २ र ३ का स्थानीयलाई सुरक्षित स्थानमा बस्न र नदीको आसपास नजान आग्रह गरेको छ ।

Published Date: 27 September 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास