वर्षाका कारण नेपाल र ओमानबीचको खेल रद्द

वर्षाका कारण नेपाल र ओमानबीचको खेल रद्द : Icon Khabar

काठमाडौं, असोज ९ । लगातारको वर्षाका कारण नेपाल र ओमानबीचको विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजको खेल रद्द भएको छ ।

निरन्तर हारका कारण दबाबमा रहेको नेपालले ओमानसँगको खेल मंगलवार नेपाली समय अनुसार मंगलवार बेलुका ८ः४५ बजे क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा खेल्ने तालिका थियो। तर निरन्तरको वर्षाका कारण खेल हुन सकेन । खेल रद्द भएपछि दुवै टोलीले १-१ अंक बाडेका छन् ।

त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा क्यानडासँग १ सय ३ रनको फराकिलो अन्तरले पराजित नेपालले दोस्रो खेलमा ओमानसँग १ विकेटको हार बेहोरेको थियो । तेस्रो खेलमा क्यानडासँग फेरि ५ विकेटले पराजित भएको थियो ।

ओमानलाई हराउँदै लिग टुमा नेपाल दोस्रो जित दर्ता गराउने लक्ष्यमा रहेको थियो । यसअघि नेपालमै भएको विश्वकप लिग टुको पहिलो राउन्डमा नेपालले नेदरल्यान्ड्समाथि जित हासिल गरेको थियो ।

लिग टुको अंक तालिकामा नेपाल ८ खेलमा ३ अंकका साथ तालिकामा पुछारबाट दोस्रो स्थानमा छ । ओमान ७ खेलमा ६ अंकका साथ छैटौं स्थानमा छ ।

ओडिआई सिरिज पछि नेपालले क्यानडा र ओमान सम्मिलित त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज खेल्नेछ ।

Published Date: 25 September 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास