नेपालको अर्थतन्त्र सुधार हुँदै गएको छ: अन्तर्राष्ट्रिय मुद्रा कोष

नेपालको अर्थतन्त्र सुधार हुँदै गएको छ: अन्तर्राष्ट्रिय मुद्रा कोष : Icon Khabar

काठमाडौँ, असोज ६ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ) को एसिया प्रशान्त क्षेत्रको उपनिर्देशक रुपा दत्तगुप्ताबीच शिष्टाचार भेट भएको छ ।

अर्थ मन्त्रालयमा भएको भेटमा उप निर्देशक गुप्ताले नेपालको अर्थतन्त्र सुधार हुँदै गएको बताइन् ।उनले नेपालमा लागानी सहजीकरण सम्बन्धी कानुनहरु परिमार्जन हुँदै गएको, राजस्व परिचालन रणनीति कार्यान्वयनमा आएको, अर्थतन्त्र सम्बन्धी विभिन्न सुझावहरु कार्यान्वयन हुँदै गएकाले आफू उत्साहित भएको धारणा व्यक्त गरिन्।

सो अवसरमा अर्थमन्त्री पौडेलले अर्थतन्त्रलाई सुदृढ गर्न सरकारले योजनाबद्ध रुपमा काम गरिरहेको जानकारी गराए ।

Published Date: 22 September 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड