आइतबार सुनको भाउ तोलामा १७ सय रुपैयाँले बढ्यो

आइतबार सुनको भाउ तोलामा १७ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, असोज ६ । आइतबार सुनको भाउ तोलामा १७ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १७ सय रुपैयाँले बढेर १ लाख ५८ हजार ८०० रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च हो । यसअघि, शुक्रबार छापावाल सुन तोलाको १ लाख ५७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, आइतबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १९ सय २० रुपैयाँ कायम भएको छ । शुक्रबार भने चाँदीको भाउ प्रतितोला १९ सय १५ रुपैयाँ कायम रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 September 2024
Website | + posts