पाटन अस्पतालको सिनियर ल्याव टेक्निसियनमाथि नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर

पाटन अस्पतालको सिनियर ल्याव टेक्निसियनमाथि नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर : Icon Khabar

काठमाडौं, असोज ३ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल, लगनखेल, ललितपुरमा सिनियर ल्याव टेक्निसियन सातौं (हालल्याब अधिकृत आठौं) तहमा कार्यरत दिपेन्द्र यादवमाथि शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर भएको छ।

यादवले बढुवा प्रयोजनका लागि पेश गरेको शैक्षिक योग्यताका प्रमाणपत्रहरु झुट्टा भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्द विशेष अदालतमा मुद्दा दायर गरेको छ।

उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा निजलाई प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदावी लिई आरोप-पत्र दायर गरिएको छ।

Published Date: 19 September 2024
ताजा
पेट्रोलको मूल्य घटेपछि आज काठमाडौं उपत्यकाका अधिकांश पेट्रोलपम्पमा “पेट्रोल छैन”
भक्तपुर नगरमा भुस्याहा कुकुरको आतंक बढ्दो, राति हिँडडुल गर्न स्थानीय त्रसित
बुधबार सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार ३ सय रुपैयाँ निर्धारण
आज बुधबारको राशिफल


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी