बार्सिलोनाको स्पेनिस ला लिगामा अपराजित यात्रा

बार्सिलोनाको स्पेनिस ला लिगामा अपराजित यात्रा : Icon Khabar

काठमाडौँ, भदौ ३० । बार्सिलोनाले स्पेनिस ला लिगामा अपराजित यात्रा जारी राखेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले जिरोनालाई ४–१ गोलले हरायो ।

बार्सिलोनालाई जिताउन युवा स्टार लामिन यमलले ३०औँ र ३७औँ दुई गोल गर्नुभयो । ड्यानी ओल्मोले दोस्रो हाफको सुरुवातमा र पेड्रीले ६४औँ मिनेटमा एक एक गोल गरेका थिए । जिरोनाका लागि क्रिस्टियन स्टुआनीले ८०औँ मिनेटमा सान्त्वना गोल फर्काए।

लगातार पाँचौँ जितसँगै १५ अङ्क बनाएको बार्सिलोना शीर्षस्थानमा छ । पराजित जिरोना समान खेलबाट सात अङ्क जोड्दै सातौँ स्थानमा छ । आइतबार राति नै भएको अर्को खेलमा एट्लेटिको म्याड्रिडले भ्यालेन्सियालाई ३–० गोलले हरायो । घरेलु मैदानमा सहज जितसँगै एट्लेटिको दोस्रो स्थानमा उक्लिएको छ ।

एट्लेटिकोले पाँच खेलबाट ११ अङ्क बनाएको छ । पराजित भ्यालेन्सिया एक अङ्कसहित अन्तिममा छ । तेस्रो स्थानमा रहेको रियल म्याड्रिड र भिल्लारियलको पनि समान ११ अङ्क छ । – एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 September 2024
Website | + posts




ताजा
जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा सवारी आवागमन एकतर्फी रुपले खुला गर्ने निर्णय
सगरमाथा क्षेत्रमा नाम्चे र जोरसल्ले बीचको पदमार्ग पहिरोका कारण क्षतिग्रस्त
दुई दिनसम्म परेको अविरल वर्षाका कारण अहिलेसम्म ३९ जनाको मृत्यु
भक्तपुरमा साइकल संस्कृति प्रवर्द्धन गर्न साइकल कनेक्ट र जेन्युन स्कुलबीच सम्झौता


ट्रेन्डिङ
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने