बार्सिलोनाको स्पेनिस ला लिगामा अपराजित यात्रा

बार्सिलोनाको स्पेनिस ला लिगामा अपराजित यात्रा : Icon Khabar

काठमाडौँ, भदौ ३० । बार्सिलोनाले स्पेनिस ला लिगामा अपराजित यात्रा जारी राखेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले जिरोनालाई ४–१ गोलले हरायो ।

बार्सिलोनालाई जिताउन युवा स्टार लामिन यमलले ३०औँ र ३७औँ दुई गोल गर्नुभयो । ड्यानी ओल्मोले दोस्रो हाफको सुरुवातमा र पेड्रीले ६४औँ मिनेटमा एक एक गोल गरेका थिए । जिरोनाका लागि क्रिस्टियन स्टुआनीले ८०औँ मिनेटमा सान्त्वना गोल फर्काए।

लगातार पाँचौँ जितसँगै १५ अङ्क बनाएको बार्सिलोना शीर्षस्थानमा छ । पराजित जिरोना समान खेलबाट सात अङ्क जोड्दै सातौँ स्थानमा छ । आइतबार राति नै भएको अर्को खेलमा एट्लेटिको म्याड्रिडले भ्यालेन्सियालाई ३–० गोलले हरायो । घरेलु मैदानमा सहज जितसँगै एट्लेटिको दोस्रो स्थानमा उक्लिएको छ ।

एट्लेटिकोले पाँच खेलबाट ११ अङ्क बनाएको छ । पराजित भ्यालेन्सिया एक अङ्कसहित अन्तिममा छ । तेस्रो स्थानमा रहेको रियल म्याड्रिड र भिल्लारियलको पनि समान ११ अङ्क छ । – एजेन्सी

Published Date: 16 September 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास