चीन र माल्दिभ्सबीच ऋणसम्बन्धी सम्झौता

चीन र माल्दिभ्सबीच ऋणसम्बन्धी सम्झौता : Icon Khabar

काठमाडौँ, भदौ २९ । चीन र माल्दिभ्सबीच ऋणबारे अर्को सम्झौतामा हस्ताक्षर भएको छ । यसमा माल्दिभ्सलाई थप ऋण दिने सहमति भएको छ । तर, ऋणको रकम भने खुलाइएको छैन । पिपुल्स बैंक अफ चाइना र माल्दिभ्सको आर्थिक विकास मन्त्रालयबीच भएको सम्झौताअनुसार चीन र माल्दिभ्सले प्रत्यक्ष लगानी प्रवर्द्धन गर्न र स्थानीय मुद्रामा कारोबार गर्न सक्ने छन् ।

यो सम्झौताले व्यापार र लगानीलाई मजबुत बनाउन सहयोग पुग्ने पिपुल्स बैंक अफ चाइनाले जनाएको छ । चीनले सम्झौताको बारेमा अरु केही खुलाएको छैन । मिडिया रिपोर्टका अनुसार गत वर्ष सत्तामा आएपछि मुइज्जुले चीनसँग थप ऋण मागेका थिए । द इकोनोमिस्टका अनुसार मालदिभ्स अहिले भारी ऋणको बोझले दबिएको छ । माल्दिभ्सले यसअघि नै चीनबाट १.३ अर्ब डलर ऋण लिएको छ । यो कुल विदेशी ऋणको ३० प्रतिशत हो ।

यस्तो अवस्थामा चीनबाट प्राप्त हुने कुनै पनि ऋणले माल्दिभ्समा बेइजिङको ऋण थप बढाउँछ । चीन समर्थक मोहम्मद मुइज्जु सरकार गठन भएदेखि देशको अर्थतन्त्र निरन्तर सङ्कटमा छ र देश पूर्वनिर्धारितको कगारमा उभिएको छ । माल्दिभ्सको विदेशी मुद्रा सञ्चिति जुलाई २०२४ सम्ममा ३८८.४१ मिलियन डलर थियो । माल्दिभ्स मौद्रिक प्राधिकरण (एमएमए) ले यो अवस्था यस्तै रह्यो भने देशमा रहेको डलर सञ्चिति छिट्टै समाप्त हुने आशंका व्यक्त गरेको थियो ।

Published Date: 14 September 2024
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय