आगामी असोज १३ गतेदेखि राष्ट्र बैंकले दसैंको लागि सुकिला नोट साट्ने

आगामी असोज १३ गतेदेखि राष्ट्र बैंकले दसैंको लागि सुकिला नोट साट्ने : Icon Khabar

काठमाडौँ, भदौ २६ । नेपाल राष्ट्र बैंकले पहिलो पटक नयाँ नोटको सट्टा सुकिला नोट साट्ने भएको छ। असोज १३ गतेदेखि राष्ट्र बैंकले दसैंको लागि सुकिला नोट साट्ने भएको हो।

राष्ट्र बैंकको केन्द्रीय कार्यालय, प्रदेशमा रहेका कार्यालय र बैंकहरूबाट सुकिला नोट साट्न सकिने भएको छ। यसअघि झै १८ हजार पाँच सय रूपैयाँसम्म सुकिला नोट साट्न पाइने भएको हो। ५, १०, २०, ५० र एक सय दरको एक/एक बण्डल नोट साट्न सकिने भएको हो।

२०१३ सालमा नेपाल राष्ट्र बैंकको स्थापना हुनु अघिसम्म पनि नेपालमा भारतीय मुद्राको दबदबा थियो। नेपाली मुद्राको प्रचलन बढाउन राष्ट्र बैंकले ०१५/१६ सालबाट दसैंमै नयाँ नोट निष्कासन र वितरण गर्न थाल्यो।

यसपटक राष्ट्र बैंकले नयाँ नोट नसाट्ने र प्रणालीमा रहेकै सुकिला नोट वितरण गर्ने भएको हो।

Published Date: 11 September 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड