आगामी असोज १३ गतेदेखि राष्ट्र बैंकले दसैंको लागि सुकिला नोट साट्ने

आगामी असोज १३ गतेदेखि राष्ट्र बैंकले दसैंको लागि सुकिला नोट साट्ने : Icon Khabar

काठमाडौँ, भदौ २६ । नेपाल राष्ट्र बैंकले पहिलो पटक नयाँ नोटको सट्टा सुकिला नोट साट्ने भएको छ। असोज १३ गतेदेखि राष्ट्र बैंकले दसैंको लागि सुकिला नोट साट्ने भएको हो।

राष्ट्र बैंकको केन्द्रीय कार्यालय, प्रदेशमा रहेका कार्यालय र बैंकहरूबाट सुकिला नोट साट्न सकिने भएको छ। यसअघि झै १८ हजार पाँच सय रूपैयाँसम्म सुकिला नोट साट्न पाइने भएको हो। ५, १०, २०, ५० र एक सय दरको एक/एक बण्डल नोट साट्न सकिने भएको हो।

२०१३ सालमा नेपाल राष्ट्र बैंकको स्थापना हुनु अघिसम्म पनि नेपालमा भारतीय मुद्राको दबदबा थियो। नेपाली मुद्राको प्रचलन बढाउन राष्ट्र बैंकले ०१५/१६ सालबाट दसैंमै नयाँ नोट निष्कासन र वितरण गर्न थाल्यो।

यसपटक राष्ट्र बैंकले नयाँ नोट नसाट्ने र प्रणालीमा रहेकै सुकिला नोट वितरण गर्ने भएको हो।

Published Date: 11 September 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास