आज बुधबारको राशिफल

आज बुधबारको राशिफल : Icon Khabar

काठमाडौं, भदौ २६ । आज २०८१ भदौ २६ गते बुधबार, तद्अनुसार ११ सेप्टेम्बर २०२४ । आज सूर्य दक्षिणायनं, वर्षा ऋतु, भदौ शुक्ल अष्टमी, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, प्रीति योग, विष्टि करण, बुधाष्टमी व्रत, गोरखकाली पूजा, राधा जन्मोत्सव, सूर्योदय बिहान ०५ः ४६ बजे, सूर्यास्त साँझ १८ः१२ बजे हुनेछ ।

आजको राशिफल

मेष: पारिवारिक सुख–शान्ति कायम रहने छ । कुनै प्रभावशाली व्यक्तिको सहयोग प्राप्त हुनेछ । पूजा–पाठमा मन लाग्ने छ ।

वृष: स्वास्थ्य कमजोर रहने छ । कार्य गर्दा लापरवाही नगर्नु होला । पारिवारिक सहयोग पाइने छ ।

मिथुन: घर–परिवारको चिन्ता रहने छ । कुनै वरिष्ठ व्यक्तिको मार्गदर्शन तथा सहयोग प्राप्त हुनेछ । जीवनसाथीबाट सहयोग पाइने छ । घर–परिवारमा प्रसन्नता रहने छ ।

कर्कट: लेन–देनमा हतार न गर्नु होला । उन्नतिका मार्ग प्रशस्त हुनेछन् । आम्दानीमा वृद्धि हुनेछ ।

सिंह: रचनात्मक कार्य सफल हुनेछ । कुनै प्रबुद्ध व्यक्तिको मार्गदर्शन प्राप्त हुनेछ । यात्रा मनोरञ्जक रहने छ ।

कन्या: मेहनत बढी गर्नु पर्नेछ । स्वास्थ्य कमजोर रहने छ । हतारमा कुनै पनि महत्वपूर्ण निर्णय नलिनु होला ।

तुला: सामाजिक कार्य गर्न मन लाग्ने छ । अरुलाई सहयोग गर्न सक्नु हुनेछ । मान–सम्मान प्राप्त हुनेछ । मनोरञ्जक यात्रा हुनसक्छ ।

वृश्चिक: आज परिवारसहित पार्टी अथवा पिकनिकको आनन्द प्राप्त हुनेछ । व्यापारमा लाभ तथा पराक्रम बढ्ने छ । पराक्रमबाट सफलता प्राप्त हुने योग छ ।

धनु: कुनै ठूलो समस्याको हल निस्कने छ । व्यावसायिक साझेदारले पूर्ण सहयोग गर्नेछन् । यात्रा मनोरञ्जक रहने छ ।

मकर: स्वास्थ्यलाई प्राथमिकता दिनु होला । लेन–देनमा हतार नगर्नु होला । अनावश्यक खर्च गर्नबाट जोगिनु होला ।

कुम्भ: आम्दानीमा वृद्धि हुनेछ । प्रसन्नता रहने छ । मनोरञ्जक यात्राको योजना बन्ने छ । भाग्यको साथ पाइने छ ।

मीन : मान–सम्मान पाइने छ । योजना पूरा हुनेछ । घर–परिवारसंग साथ आराम तथा मनोरञ्जनसंग व्यतीत हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 September 2024
Website | + posts