सरकारले असोज ७ गतेदेखि चाडपर्व लक्षित सहुलियतपूर्ण पसल सञ्चालन गर्ने

सरकारले असोज ७ गतेदेखि चाडपर्व लक्षित सहुलियतपूर्ण पसल सञ्चालन गर्ने : Icon Khabar

काठमाडौं, भदौ २५ । सरकारले असोज ७ गतेदेखि दसै, तिहार र छठ पर्व लक्षित सहुलियतपूर्ण पसल सञ्चालन तयारी गरेको छ ।

चाडपर्वमा बजार मूल्यलाई नियन्त्रण गर्न र सन्दर्भ मूल्य निर्धारण गर्न भन्दै सकराले हरेक वर्ष सहुलयितपूर्ण पसल सञ्चालन गर्दै आएको छ । सरकारले बजेटमा सहुलियत पसलका लागि ३ करोड बजेट विनियोजन गरेको छ ।

उद्योग, वाणिज्य, तथा आपूर्ति मन्त्रालयको मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा सहुलियत मूल्य पसल सञ्चालन हुनेछन् ।

यस वर्ष सहुलियत पसलको संख्या गत वर्षको तुलनामा बढ्ने जनाईएको छ । गत वर्ष ४२ जिल्लाका ४८ स्थानमा सहुलियतपूर्ण पसल सञ्चालन गरिएको थियो ।

Published Date: 10 September 2024


ताजा
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न
हिसान भक्तपुरद्वारा कक्षा १२ मा ३.६ जीपीए वा सोभन्दा माथि ल्याउने विद्यार्थी सम्मानित
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई, टिम वाङ्देनको शानदार जित


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली