आजको मौसम पूर्वानुमान: कोशीसहित यी तीन प्रदेशमा भारी वर्षा हुने

आजको मौसम पूर्वानुमान: कोशीसहित यी तीन प्रदेशमा भारी वर्षा हुने : Icon Khabar

काठमाडौं, भदौ २५ ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापीय रेखा मंगलबार पनि सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको  छ ।

मनसुनी वायुको प्रभावले हाल देशका पहाडी भू–भाग लगायत कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ । बागमती र कर्णाली प्रदेशका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको महाशाखाले बुलेटिन जारी गरी जानकारी दिएको छ । आज दिउँसो  देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान छ । कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने पनि महाशाखाको प्रक्षेपण छ ।

राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही  स्थानहरूमा  तथा बाँकी  प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।  राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।

Published Date: 10 September 2024


ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख २३ गते बुधबार
जीवनोपयोगी शिक्षाको उज्यालो बाटो: अक्सफोर्ड प्राक्टिकल इंग्लिश स्कुलको प्रेरणादायी यात्रा
आईपीएल: सञ्जु सामसनको विष्फोटक ब्याटिङ, दिल्लीमाथि चेन्नईको ८ विकेटको शानदार जित
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
समयसँग जुध्दै, सपनालाई आकार दिँदै: मनोरम बोर्डिङ्ग स्कुलको प्रेरणादायी यात्रा
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न